April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

टीआरसीमा प्रधानमन्त्रीको गुनासो

  • साझा परिवेश
  • सोमवार, साउन १५, २०८० १0:५६
टीआरसीमा प्रधानमन्त्रीको गुनासो
  • टीआरसी विधेयकमा संसदले ढिलासुस्ती गरेको गुनासो
  • प्रधानमन्त्रीको टीआरसी विधेयक विषयमा चासो

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयकमा संसदले ढिलासुस्ती गरेको गुनासो गरेको छन् । टीआरसीसहित सरकारले प्राथमिकतामा राखेर ल्याएका विधेयकहरु संसदीय प्रक्रियामा आएपछि अपेक्षित रुपमा अगाडि बढ्न नसकेको गुनासो विपक्षी दलका नेताहरुसँग गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार लगायतसँग भेट गरेका छन् । भेटका क्रममा उनले सरकारले प्राथमिकतामा राखेका विधेयकहरुमा ढिलासुस्ती भएको गुनासो गरेका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयकका विषयमा चासो राखेको रास्वपा प्रमसख सचेतक परियारले जानकारी दिए ।

‘संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयकको काम के हुँदै छ भनेर उहाँले (प्रधानमन्त्री प्रचण्ड) चासो राख्नु भएको थियो,’ परियारले भने, ‘कानुन समितिले उपसमिति बनाएर छलफल सकाएको र प्रतिवेदन लेखनको काम सुरु गरेको जानकारी गराएँ ।’

प्रमुख सचेतक परियार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति सदस्य छन् । टीआरसीका विषयमा आफूले समेत राजनीतिक रुपमा सरसल्लाह गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ‘टीआरसीलाई राम्रोसँग अगाडि बढाउन’ समेत भनेको उनले जानकारी दिए ।

  • साझा परिवेश
  • सोमवार, साउन १५, २०८० १0:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट