June 7, 2025 | शनिबार, जेष्ठ २६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मेडिकल बोर्डले सरकारी कर्मचारीलाई गर्‍यो कडाइ

  • साझा परिवेश
  • मङ्लबार, साउन १६, २०८० १६:१४
मेडिकल बोर्डले सरकारी कर्मचारीलाई गर्‍यो कडाइ
  • नेपाल मेडिकल बोर्डले सरकारी कर्मचारीहरुलाई गर्यो कडाई
  • सिफारिस पत्र पाउनका लागि केही प्रक्रिया पूरा गर्नु पर्ने

काठमाडौं ।।

नेपाल मेडिकल बोर्डले सरकारी कर्मचारीहरुलाई दिने गरेको सिफारिस पत्रमा कडाई गरेको छ । सरकारले काजमा रहेका कर्मचारीलाई दरबन्दी भएको स्थानमा जान निर्देशन दिएपछि रोग भएको प्रमाणित गर्न मेडिकल बोर्डमा सिफारिस बनाउन भीड लाग्न थालेको छ ।
कर्मचारीहरुले आफ्नो सुविधाका लागि सहज रुपमा सिफारिस पत्र बनाउन थालेपछि बोर्डले कडाइ गर्न थालेको हो ।

सरकारी कर्मचारीमा स्वास्थ्य समस्याका कारण उपचार गराउनुपर्ने वा विदेशमा उपचार जानका लागि मेडिकल बोर्डले सिफारिस दिने गर्छ । उनीहरुले सरकारबाट पाउनुपर्ने कानुनी सहुलियत पाउने गर्छन् ।

तर, पछिल्ला दिनमा बिरामीको भएको बाहनामा सिफारिस बनाउन आउने बढ्न थालेपछि बोर्डले १० साउनमा सूचना जारी गर्दै सिफारिस पत्र पाउनका लागि केही प्रक्रिया पूरा गर्न पर्ने जनाएको छ ।

बोर्डका अध्यक्ष समेत रहेका वीर अस्पतालका निर्देशक डा। सन्तोष पौडेलले सरकारी कर्मचारीहरुलाई सरकारी सेवा प्रवाहमा समस्या वा अन्य कुनै खालको रोग प्रमाणित निर्णय सम्वन्धी सिफारिस चाहिएमा सम्बन्धित सरकार, संघीय, प्रादेशिक वा स्थानीयको सिफारिस पत्र ल्याउनु पर्ने बताए ।

 

‘पहिला मेडिकल बोर्डको सिफारिसका लागि व्यक्तिले कुनै एक चिकित्सकको हस्ताक्षर गरेर सिफारिस पत्र बनाउन अनुरोध गर्थे । त्यस अनुसार पत्र बन्ने गरेको थियो’, डा। पौडेलले अनलाइनखबरसँग भने, ‘समायोजनको समयमा धेरै कर्मचारीले रोग लागेको भनेर सुगम बस्न सिफारिस बनाए । अहिले काजको दरबन्दीलाई फिर्ता गर्ने निर्देशनले सिफारिस पत्र बनाउने भीड लागेको छ ।’

अबदेखि सम्बन्धित पक्षबाट नै सिफारिस आउनुपर्ने र त्यसपछि प्रक्रिया पुर्याएर छानबिन गरेर मात्रै सिफारिस दिने वा नदिने निर्णय गर्ने डा। पौडेलले बताए । ‘नखुलेको सेवा सुविधा लिनका रोग मात्रै प्रमाणित गर्न कर्मचारी आउने गरेका छन् । तर, किन रोग प्रमाणित गर्ने कुनै कारण हुनुपर्छ’, डा. पौडेलले भने, ‘मेडिकल बोर्डले रोग प्रमाणित गर्न काम गर्ने सरकारी निकाय कार्यालय नै सिफारिस पठाउनुपर्छ ।’

सिफारिसका लागि आएका निवेदनमाथि हरेक हप्ताको मंगलबार बोर्डको बैठक बस्ने र निर्णय गर्ने चलन छ । गत महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले धेरै सरकारी कर्मचारीहरु मेडिकल बोर्डको सिफारिस लिएर काजमा लामो समय बस्ने र खटाएको ठाउँमा नजाने प्रबृत्ति बढेपछि बोर्डको सिफारिसलाई कडाइ गर्न निर्देशन दिएका थिए ।

स्वास्थ्यका कर्मचारीले सिफारिस पत्र बनाई केन्द्रमै बस्ने प्रवृत्ति पाएको भन्दै सिफारिस दिनुअघि वास्तविक समस्या परेको व्यक्ति हो कि होइन पुन जाँच गर्न मेडिकल बोर्ड लागि आग्रह गरेका थिए ।

वीर अस्पतालमा रहेको मेडिकल बोर्डमा निर्देशकको अध्यक्षतामा मेडिकल र सर्जरी विभागका प्रमुख सदस्य रहने गरी तीन सदस्यीय समिति हुन्छ । सो अनुसार अहिले डा। पौडेलको अध्यक्षतामा डा। अशेष ढुंगाना मेडिकल विभागको तर्फबाट र डा। किरण श्रेष्ठ सर्जरी विभागको तर्फबाट बोर्ड सदस्य छन् ।

 

  • साझा परिवेश
  • मङ्लबार, साउन १६, २०८० १६:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट