May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राष्ट्र बैंकले वाणिज्य बैंकलाई कारवाही गर्यो

  • साझा परिवेश
  • सोमवार, साउन २२, २०८० १६:१९
राष्ट्र बैंकले वाणिज्य बैंकलाई कारवाही गर्यो
  • नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारवाही गर्यो 
  • नियामकीय व्यवस्था उलङ्‍घन गर्ने वाणिज्य बैंकलाई कारवाही
  • कुमारी बैंक र हिमालयन बैंकलाई  पनि नगद जरिवाना सहित कारवाही गरिएको

काठमाडौं ।।

नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । गत आर्थिक वर्ष २०७९र८० को चौथो त्रैमासमा नियामकीय व्यवस्था उलङ्‍घन गर्ने वाणिज्य बैंकलाई कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले तोकेको ९० प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगर्दा कुमारी बैंक र हिमालयन बैंकलाई नगद जरिवाना सहित कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

कुमारी बैंकले गत आर्थिक वर्षको माघमा सीडी रेसियो नपुर्‍याउँदा राष्ट्र बैंकले ५९ लाख ६३ हजार ६९४ रुपैयाँ नगद जरिवाना गराएको छ ।यस्तै हिमालयन बैंकले पनि लागत आर्थिक वर्षको कात्तिकमा सीडी रेसियो नपुर्‍याउँदा १ करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ नगद जरिवाना गराएको छ ।

यता प्राइम कमर्सियल बैंकलाई भने राष्ट्र बैंकले सचेत गराएर छोडेको छ । बैंकले संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७९ को निर्देशन नं।२ बमोजिम कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको राष्ट्र बैंक्ले जनाएको छ ।

यस्तै प्राइम बैंकले ‘क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५’ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम गरेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन विपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को व्यवस्था अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

 

  • साझा परिवेश
  • सोमवार, साउन २२, २०८० १६:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट