sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेविसंघले देउवालाई नछोड्ने

  • साझा परिवेश
  • बिहिबार, साउन २५, २०८० १0:५६
नेविसंघले देउवालाई नछोड्ने
  • समिति विस्तार भएसँगै असन्तुष्ट विद्यार्थी नेताहरु विरोधमा उत्रिए
  • असन्तुष्ट विद्यार्थी नेताहरुले समानान्तर समिति गठन गर्ने तयारी
  • शेरबहादुर दाइको घर घेर्न जान्छौं
  • अन्यायमा परेका साथीहरुको माग सम्बोधन

काठमाडौं ।।

नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ केन्द्रीय समिति विस्तार भएसँगै असन्तुष्ट विद्यार्थी नेताहरु विरोधमा उत्रिएका छन् । नेविसंघमा नेताका भतिज, साला र आफन्त नियुक्त गरेको भन्दै असन्तुष्ट विद्यार्थी नेताहरुले समानान्तर समिति गठन गर्ने तयारी पनि गरेका छन् ।

समानान्तर समिति बनाउनको लागि बुधबार कांग्रेसको पार्टी कार्यालयमा गए पनि प्रहरी परिचालन गरेर जान नदिएपछि आक्रोशित उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको घर घेर्ने तयारी गरेका छन् । नेविसंघका नेता योगेन्द्र रावलले भने, ‘पार्टी कार्यालयमा जान हामीलाई नदिएपछि त कुनै नेताको घरमा गएर कमिटि बनाउनुपर्ने हुन्छ, भोलि शेरबहादुर दाइको घर घेर्न जान्छौं ।’

नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघमा पार्टी सभापति शेरबहादुर देउवाले सोमबार ७१० जनालाई मनोनित गरेपछि मनोनयनमा नपर्नेहरुले विरोध गरिरहेका हुन् । केन्द्रीय कार्यसमितिमा परेका एक विद्यार्थी नेताका अनुसार त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गरेको आरोप लागेका योगेन्द्र रावल, दिपक ओझा, रुपेश शाह मनोनित कार्यसमितिमा नपरेपछि आन्दोलनमा उत्रिएका हुन् ।

नाम बताउन नमानेका उनी भन्छन् ‘अहिले हेर्नुभयो भने आन्दोलनको नेतृत्व नै योगेन्द्र रावलले गरिरहेका छन् । आफू नपर्दा अवश्य पनि चित्त बुझ्दैन नै तर उनीहरुले पनि आफूहरु किन परिएन भनेर मनन गर्नुपर्छ ।’

उनीहरुमाथि उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा परेको छ । उनीहरुलाई मनोनित गर्दा नेविसंघ मात्रै नभएर सिंगो पार्टी नै विवादित हुने भएपछि नेतृत्वले उनीहरुलाई मनोनित नगरेको हुन सक्ने ती विद्यार्थी नेताले बताए ।

यसअघि ०७८ को चैतमा देउवाले दुजाङ शेर्पालाई नेविसंघको अध्यक्ष बनाएका थिए । एक वर्षभित्र महाधिवेशन गर्ने जिम्मेवारी पाएका शेर्पाले दुई वर्षपछि मात्रै केन्द्रीय समिति पाएका छन् ।

अध्यक्ष शेर्पा भने अन्यायमा परेकालाई समेटेर जाने बताउँछन् । उनी भन्छन् ‘ठूलो संगठनमा यस्ता गुनासो त हुन्छ नै तर सबैलाई समेटेर लाने प्रयास हुन्छ । अन्यायमा परेका साथीहरुको माग सम्बोधन हुन्छ ।’

 

 

  • साझा परिवेश
  • बिहिबार, साउन २५, २०८० १0:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid