May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

राष्ट्रिय सभागृहमा स्वास्थ्यमन्त्रीको १०० दिनको भव्य कार्यक्रम

  • साझा परिवेश
  • बिहिबार, साउन २५, २०८० १४:१३
राष्ट्रिय सभागृहमा स्वास्थ्यमन्त्रीको १०० दिनको भव्य कार्यक्रम
  • स्वास्थ्यमन्त्रीको पदभार ग्रहणको एकसय दिन धुमधामका साथ मनाउने तयारी 
  • राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम आयोजना
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहने
  • उपस्थितिका लागि वीर अस्पतालका कर्मचारीहरुलाई उर्दी जारी

काठमाडौं ।।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पदभार ग्रहणको एकसय दिन धुमधामका साथ मनाउने तयारी गरेका छन् । सो अवसरमा मन्त्रालयले शुक्रबार राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम आयोजना गरेको छ ।

एकसय दिनका उपलब्धि र सुधारका पहलबारे राखिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहने मन्त्रालयले जनाएको छ ।

सो कार्याक्रममा अनिवार्य उपस्थितिका लागि वीर अस्पतालले आफ्ना कर्मचारीहरुलाई उर्दी जारी गरेको छ । वीरले परिपत्र गर्दै कर्मचारीहरुलाई सरकारी पोशाकमा अनिवार्य उपस्थित हुन भनेको छ ।

सो दिन सेतो कोट दिवस समेत रहेकाले स्वास्थ्य सेवा प्रभावित नहुने गरी सेतो कोटमा उपस्थित हुन अस्पतालको परिपत्र छ । बस्नेत २०७९ चैत २१ गते स्वास्थ्यमन्त्रीको पदभार ग्रहण गरेका थिए ।

  • साझा परिवेश
  • बिहिबार, साउन २५, २०८० १४:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्