May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

ऋण मिनाहा हुन्छ भन्दै हिँड्न हुँदैन, ऋण लिएपछि तिर्नै पर्छ : डेपुटी गभर्नर

  • साझा परिवेश
  • बुधबार, साउन ३१, २०८० १२:0८
ऋण मिनाहा हुन्छ भन्दै हिँड्न हुँदैन, ऋण लिएपछि तिर्नै पर्छ : डेपुटी गभर्नर
  • सबैले ऋण लिएपछि तिर्नु पर्छ भन्ने चेतना फैलाउनु पर्छ 
  • ऋण मिनाहा हुन्छ भन्दै कोही पनि हिँड्न हुँदैन 
  • लघुवित्तले ऋण दिएर पनि समस्या निम्तियो 

काठमाडौं ।।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गाना तिमिल्सिनाले सबैले ऋण लिएपछि तिर्नु पर्छ भन्ने चेतना फैलाउनु पर्ने बताएकी छन् । लघुवित्तका ऋणीको ऋण मिनाहा हुन्छ भन्दै कोही पनि हिँड्न नहुने उनले बताइन् ।

बुधबार आईबीएन मिडिया एन्ड रिसर्चले आयोजना गरेको ‘लघुवित्त क्षेत्रका वर्तमान समस्या, चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा लघुवित्त पनि नियम मिचेर लगानी गर्न उत्साहित हुन नहुने तिमिल्सिनाले बताइन् ।

“केही लघुवित्तले गर्दा लघुवित्तको इमेज बिग्रयो । एउटै व्यत्तिलाई धेरै लघुवित्तले ऋण दिँदा पनि समस्या निम्तिएको हो,” उनले भनिन्, “तर, यसरी कारोबार गर्ने १२-१३ प्रतिशत लघुवित्त छन् । महिला आर्थिक सशक्तीकरणका लागि लघुवित्तलाई खुकुलो छोडेका हौँ । अहिले लघुवित्तलाई राष्ट्र बैंकले सुधार गर्न केही कसेको हो ।”

लघुवित्त स्वनियमनमा सञ्चालन हुनु पर्ने पनि उनको भनाइ छ । नाफा अर्जन नगरी संस्था सञ्चालन हुन नसक्ने भन्दै नाफा गर्दा ग्राहकलाई समस्यामा पार्न नहुने उनको भनाइ छ ।

 

  • साझा परिवेश
  • बुधबार, साउन ३१, २०८० १२:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।