sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भन्सारबाट सुन जाँच पास हुनु जानी बुझी नभई असावधानी र हेलचेक्रयाइँ हो : छानबिन निष्कर्ष

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १६:१७
भन्सारबाट सुन जाँच पास हुनु जानी बुझी नभई असावधानी र हेलचेक्रयाइँ हो : छानबिन निष्कर्ष
  • हेलचेक्र्याइँका कारण नै भन्सारबाट जाँच पास भएर सुन बाहिरियो 
  • सुन सहितको ब्रेकशुको जाँच पास हुनु नियोजित नभई असाबधानी 
  • भन्सार प्रशासनले विशेष साबधानी र सर्तकता अपनाउनु पर्ने निष्कर्ष

काठमाडौं ।।

भन्सार विभागले विमानस्थल भन्सारबाट जाँच पास भएर साउन २ मा बाहिरिएको ६० किलो सुन हेलचेक्र्याइँका कारण जाँचपास भएको दाबी गरेको छ । भन्सार विभागले सुन तस्करीको छानबिनमा राजश्व अनुसन्धानलाई सघाउन भन्दै ४ साउनमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल नेतृत्वको समितिले पर्याप्त मात्रामा सावधानी नपुगेका कारण तस्कर समूहले ल्याएको सुनको जाँच पास गराएको निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाएको थियो । विभागले गोप्य राखेको उक्त प्रतिवेदनमा भन्सारबाट सुनको जाँच पास हुनु जानी बुझी नभई असावधानी र हेलचेक्रयाइँले भएको दाबी गरिएको छ ।

‘भन्सारको प्रणालीबाट सुन सहितको ब्रेकशुको जाँच पास हुनु नियोजित नभई असाबधानी र हेलचेक्र्याइँ हो,’ विभाग स्रोतले भन्यो, ‘यस्तो भुल सुधारका लागि तत्काल भन्सार प्रशासनले विशेष साबधानी र सर्तकता अपनाउनु पर्ने निष्कर्ष निकालिएको छ ।’

अनुुसन्धान प्रतिवेदनले देखाएको कमजोरी सुधार गर्न विभागले आवश्यक पहल थालेको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । ‘प्रतिवेदन पाएका छौं, सोही प्रतिवेदनका आधारमा विमानस्थल भन्सारको कमी कमजोरी सुधार गर्न १७ बुँदे निर्देशन पनि जारी भइसकेको छ,’ महानिर्देशक पौडेलले भने ।

  • साझा परिवेश
  • बिहिबार, साउन ३२, २०८० १६:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid