sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

डाक्टरहरु नै उपचार छाडेर आन्दोलनमा उत्रिएपछि…..

  • साझा परिवेश
  • शुक्रबार, भदौ १, २०८० १४:४३
डाक्टरहरु नै उपचार छाडेर आन्दोलनमा उत्रिएपछि…..
  • धरानमा कार्यरत इन्टर्न डाक्टर काम छाडेर आन्दोलनमा उत्रिए
  • उनीहरूको माग प्रतिष्ठानले सम्बोधन नगरेपछि….
  • मासिक २४ हजार रुपैयाँ जीवन निर्वाह भत्ता पाउनुपर्ने माग 

विराटनगर ।।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्टर्न डाक्टर काम छाडेर आन्दोलनमा उत्रिएका छन् । जीवन निर्वाह भत्ता वृद्धिको माग गर्दै आएका उनीहरूको माग प्रतिष्ठानले माग सम्बोधन नगरेपछि काम छाडेर आन्दोलनमा उत्रिएका हुन् । प्रतिष्ठानमा १३० जना इन्टर्न डाक्टर कार्यरत छन् । ती डाक्टरले साउन ३१ बाट डिउटी छाडेर आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिष्ठानले जीवन निर्वाह भत्ता बापत इन्टर्न गरिरहेका डाक्टरलाई मासिक १८ हजार ३ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । उक्त भत्ता ३ वर्षयता बढेको छैन । महंगी अनुसार न्यूनतम जीवन निर्वाह भत्ताको वृद्धिको मागसहित शान्तिपूर्ण आन्दोलन गर्दा सम्बोधन नभएपछि काम छाडेर आन्दोलनमा उत्रिन बाध्‍य भएको आन्दोलनरत चिकित्सक मध्येका एक डाक्टर प्रशान्त राईले बताए ।

उनले भने, ‘ महंगी अनुसार मासिक २४ हजार रुपैयाँ जीवन निर्वाह भत्ता पाउनुपर्छ । तर हाम्रो माग शान्तिपूर्ण रुपले सम्बोधन भएन । त्यसकारण बाध्य भएर हामी आन्दोलनमा उत्रिनु परेको हो ।’ उनका अनुसार गत असार १ गतेदेखि आन्दोलनमा थिए । तर, प्रतिष्ठानले माग सम्बोधन गर्न चासो नदेखाएपछि साउन ३१ गतेबाट काम छाडेर आन्दोलन सुरु गरेको डाक्टर राईले बताए ।

प्रतिष्ठानले श्रमशोषण गरेको गुनासो गर्दै चिकित्सकहरुले माग सम्बोधन नभएसम्म काममा नफर्किने चेतावनी दिएका छन् । प्रतिष्ठानमा कार्यकारिणी समिति र सञ्चालक परिषद्को बैठकले तलब भत्ता वृद्धि गर्न सक्छ । २०७७ साल मंसिरमा प्रतिष्ठानको शिक्षक कर्मचारीको तलब वृद्धि गर्दा इन्टर्न डाक्टरहरुको पनि जीवन निर्वाह भत्ता वृद्धि गर्ने सम्झौता भएको थियो ।

सम्झौतापछि शिक्षक कर्मचारीको १५ प्रतिशत तलब भत्ता वृद्धि भए पनि इन्टर्न डाक्टरको जीवन निर्वाह भत्ता वृद्धि भएको नभएको आन्दोलनरत चिकित्सकहरुको गुनासो छ ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ १, २०८० १४:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid