May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने वैवाहिक बलात्कारको मुद्दा लागेका रवि ओड धरौटीमा रिहा फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ

रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ ले प्रधानमन्त्रीको मन छोयो

  • साझा परिवेश
  • आइतवार, भदौ ३, २०८० १२:0१
रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ ले प्रधानमन्त्रीको मन छोयो
  •  शो‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रीतम राईले पाए 
  • नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुसी कार्की हात पारे 
  • फस्ट रनरअपले ३० लाख
  • सेकेन्ड रनरअपले २० लाख,
  • थर्ड रनरअपले १० लाख र फोर्थ रनरअपले पाँच लाख रुपैयाँसहित विभिन्न पुरस्कार पाए 

काठमाडौं ।।

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रीतम राई (भारत) ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुसी कार्की (थाइल्याण्ड) ले हात पारेका छन् ।

‘इन्ट्रा नेपाल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख, थर्ड रनरअपले १० लाख र फोर्थ रनरअपले पाँच लाख रुपैयाँसहित विभिन्न पुरस्कार प्राप्त गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजयीलाई पुरस्कार प्रदान गरे । त्यस अवसरमा प्रधानमन्त्रीले संसारभर नेपाल र नेपाली चिनाउने गरी आयोजना गरिएको यो प्रतियोगिता नेपाली भाषा र संस्कृतिको संरक्षण र सम्वर्द्धननका लागि लागि महाअभियान भएकाले यसलाई आगामी दिनमा थप विस्तारित गर्न आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘जसरी कला, साहित्य र संस्कृति, बढी भावना र संवेदनासित हुन्छ र धेरै शक्तिशाली हुन्छ, त्यसले मानिसलाई जोड्छ, एकतालाई सुदृढ गर्छ, आफ्नो पहिचानलाई विश्वव्यापी रूपमा स्थापित गर्छ, यो ग्रान्ड फिनाले कार्यक्रम हेर्दै गर्दा प्रस्तुति सुन्दै गर्दा गर्व लागेको छ ।’ कार्यक्रमले संसारभरि रहेका नेपालीलाई भावनात्मक, सांस्कृतिक रूपले, संवेदनाको हिसाबले इतिहासको रूपले एक ठाउँमा जोडेको उनको भनाइ छ ।

सभामुख देवराज घिमिरेले संसारको जुन कुनामा भए पनि नेपाली कला, भाषा, साहित्य र संस्कृतिलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । परराष्ट्रमन्त्री एनपी साउदले नेपाली कला, संस्कृतिको संरक्षणमा जोड दिए । सिक्किम सरकार भारतका कृषि तथा बागमनीमन्त्री लोकनाथ शर्माले संसारका मानिसलाई कला र संस्कृतिको माध्यमबाट एकै ठाउँमा जोड्ने काम गरेको बताए ।

पुरस्कार वितरण समारोहमा उक्त फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले एउटै मञ्चमा विश्वभरका प्रतिभाशाली नेपाली सुन्दर फूल देखिएका र उनीहरूको सपनासँगै कला र संस्कृतिलाई आफूहरूले विश्वभरका नेपाली र नेपालीभाषीसम्म पुनः लैजान सफल भएको बताए ।

गायन प्रतियोगिताका निर्णायकमा ‘मेरो भ्वाइस युनिभर्स’मा गायक दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, पुष्पन प्रधान, सुजाता बर्मा छन् भने नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’मा अभिनेत्री मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, प्रियंका कार्की, केकी अधिकारी र नरमान राई निर्णायक थिए ।

 

 

 

  • साझा परिवेश
  • आइतवार, भदौ ३, २०८० १२:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट