May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

महिला क्रिकेटद्वारा नेपालको शानदार जित

  • साझा परिवेश
  • मङ्लबार, भदौ ५, २०८० १५:0५
महिला क्रिकेटद्वारा नेपालको शानदार जित
  • महिला क्रिकेट सिरिजमा हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी
  • हङकङबाट पाएको ८५ रनको विजयी लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा

काठमाडौं ।।

मलेसियामा भएको चार देश सम्मिलित महिला क्रिकेट सिरिजमा हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । हङकङबाट पाएको ८५ रनको विजयी लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । अर्की ओपनर बिन्दु रावल शुन्यमै क्युरा साहारको बलमा एलबीडब्ल्यू बोल्ड भइन् ।

तेस्रो क्रममा आएकी इन्दुले १३ बलमा ९ रन जोड्दै मरिको हिलको बलमा बोल्ड भइन् । कप्तान रुबिना क्षेत्री २० बलमा १ चौका सहति १० रनमा मार्यम बीबीको बलमा बोल्ड भइन् । सीता राना मगर ८ बलमा २ रनसहित अविजित रहिन् ।

हङकङका लागि कप्तान क्यारी चान, क्युरा साहार, मरिको हिल र मर्याम बीबीले समान एक विकेट लिए । त्यसअघि, वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.१ ओभरमा अलआउट हुँदै ८४ रन बनाएको थियो ।

नेपालका लागि सीताले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् । उनले मिडल ओभरमा विकेटको वर्षा गर्दा हङकङ सस्तैमा प्याक भएको थियो ।

हङकङका लागि कप्तान क्यारी चानले सर्वाधिक ३४ रन बनाइन् । उनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरेकी हुन् । उनलाई नेपालकी कप्तान रुबिना क्षेत्रीले बोल्ड आउट गरेकी हुन् । डोरोथिया चानले ३३ बलमा १६ रन बनाइन् ।

नेपालका लागि ओपनर बलरद्वय कविता कुँवर र पूजा महतोले समान १-१ विकेट लिए । कविताले ४ ओभर बलिङ गरेर १ मेडन सहित १८ रन खर्चिइन् ।

पूजाले आज डेब्यु खेलमा ३ ओभर बलिङ गर्दै १ मेडन सहित ५ रन खर्चिइन् । कप्तान रुबिना क्षेत्रीले २ ओभरमा १५ रन खर्चेर १ विकेट तथा इन्दु बर्माले २।१ ओभर बलिङ गर्दै ४ रन खर्चेर २ विकेट लिएका थिए ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ ५, २०८० १५:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट