May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

बस्तीमा छिरेको चितुवाले कीर्तिपुर हल्लायो

  • साझा परिवेश
  • बिहिबार, भदौ ७, २०८० १३:0१
बस्तीमा छिरेको चितुवाले कीर्तिपुर हल्लायो
  • कुखुराको खोरभित्र भेटिएको चितुवा नियन्त्रणमा लिने प्रयास असफल
  • कुखुराको खोरबाट निस्किएर नजिकैको खोल्सातिर भाग्यो 
  • चितुवासँग घम्साघम्सी पर्दा घाइते भएका व्यक्तिको उपचार हुँदै 

काठमाडौं ।।

कीर्तिपुर नगरपालिका-४ थापागाउँस्थित कुखुराको खोरभित्र भेटिएको चितुवा नियन्त्रणमा लिने प्रयास असफल भएको छ । डिभिजन वन कार्यालयको प्राविधिक टोलीले डार्ट प्रहार गरी नियन्त्रणमा लिने प्रयास गरे पनि सफल नभएपछि चितुवा त्यहाँबाट भागेको छ । चितवा कुखुराको खोरबाट निस्किएर नजिकैको खोल्सातिर भागेपछि वनको टोली पनि त्यहाँबाट फर्किएको छ ।

गएराति करिब एक बजेतिर कुखरा पालनका लागि बनाइएको खोरभित्र चितुवा पसेको थियो । त्यहाँभित्र सुतिरहेका एक व्यक्तिलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो । प्रतिरक्षा गर्दा चितुवाको च्यापुनेरको भागमा पनि चोट लागेको छ । स्थानीयले घाइतेलाई उद्धार गरी अस्पताल पुर्याएका थिए भने उक्त चितुवालाई खोरभित्रै थुनेर राखेका थिए । चितुवासँग घम्साघम्सी पर्दा घाइते भएका ती व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

कुखुराको खोरभित्र चितुवा थुनिएको जानकारी पाएपछि डिभिजन वन कार्यालयको प्राविधिक टोली डार्टसहित कीर्तिपुर पुगेको थियो । प्राविधिहरुले चारपटकसम्म डार्ट प्रहार गरे पनि चितुवालाई लागेन । पाँचौपटक प्रहार गर्ने तयारी भइरहेको बेला चितुवा आफैं खोरको माथिल्लो भागबाट निस्किएर भागेको थियो ।

डिभिजन वन कार्यालयका एक जना अधिकृत अशोक पराजुलीका अनुसार राम्रोसँग निशाना नलाग्ने ठाउँमा चितुवा सुतिरहेको थियो । उनले भने, ‘डार्ट गलत ठाउँमा लाग्यो भने जनावर मर्ने जोखिम हुन्छ । त्यसैले जहाँ मन लाग्यो त्यहाँ डार्ट हान्न मिल्दैन । पछि चितुवा आफैं खोरबाट निस्किएर भाग्यो ।’ चितुवा भागेर मकैबारी हुँदै खोल्सातिर गएको छ । प्रत्यक्षदर्शीका अनुसार चितुवाको च्यापुको भागमा चोट लागेको छ ।

कीर्तिपुरमा चितुवा भेटिएको स्थान कीर्तिपुर र थानकोटको सिमानामा पर्दछ । सुरुमा थानकोट एरियामा रहेको भन्दै रातभर थानकोट प्रहरीको टोलीले चितुवाको निगरानी गरेको थियो । आज बिहान कीर्तिपुरको एरियामा पर्ने जानकारी पाएपछि फेरि कीर्तिपुरको प्रहरी टोली पनि सो स्थानमा गएको थियो ।

  • साझा परिवेश
  • बिहिबार, भदौ ७, २०८० १३:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।