sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुन तस्करीमा क्रिप्टोकरेन्सी पनि जोडिने सम्भावना

  • साझा परिवेश
  • बिहिबार, भदौ १४, २०८० १२:५९
सुन तस्करीमा क्रिप्टोकरेन्सी पनि जोडिने सम्भावना
  • अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार सुन तस्करीमा जोडियो 
  • तथ्यहरु हेर्दा तस्करीमा संलग्न यो गिरोह सोचेभन्दा निकै धेरै संगठित देखियो
  • सुन प्रकरणमा अहिलेसम्म प्रहरीले २४ जना व्यक्तिलाई पक्राउ
  • तीमध्ये ६ जना विदेशी नागरिक 

काठमाडौं ।।

६० किलो सुन तस्करी प्रकरणमा नेपालमा अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार पनि जोडिएको छ । तस्कर समूहले सुनको पेमेन्टका लागि क्रिप्टोकरेन्सीमा कारोबार गर्ने गरेका अनुसन्धानका क्रममा खुलेको केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतले बताए ।

‘केही पैसा हुण्डीबाट पनि गएको देखिन्छ भने ठूलो रकम क्रिप्टोमार्फत कारोबार भएको पाइएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘यो विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।’

स्रोतका अनुसार, सुन तस्करी प्रकरणमा क्रिप्टो जोडिएपछि सीआईबी सुन प्रकरणको अनुसन्धान समितिमा सीआईबीका डिजिटल फरेन्सिक प्रमुख एसपी एमएम धामीलाई पनि अनुसन्धान खटाएको छ । स्रोतका अनुसार, क्रिप्टोकरेन्सी सम्बन्धी अनुसन्धानको विज्ञका रुपमा उनलाई अनुसन्धानमा जोडिएको हो ।

‘हालसम्म अनुसन्धानबाट खुलेका तथ्यहरु हेर्दा तस्करीमा संलग्न यो गिरोह सोचेभन्दा निकै धेरै संगठित देखियो’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘हालसम्म सीआईबीले हेरेका संगठित अपराधका केशहरुमध्ये यसमा सबैभन्दा धेरै अत्याधुनिक प्रविधि प्रयोग भएको देखिएको छ ।’

सुन प्रकरणमा अहिलेसम्म प्रहरीले २४ जना व्यक्तिलाई पक्राउ गरेको छ । तीमध्ये ६ जना विदेशी नागरिक छन् । यसमा हालसम्म चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ भने नेपाली मूलका बेल्जियम नागरिक दावा छिरिङले सुनको व्यवस्थापन गर्ने गरेको हुनसक्ने आधारहरु देखिएको सीआईबीका अनुसन्धान अधिकृतहरु बताउँछन् ।

राजश्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पास पार गरेर बाहिरिएको सुनसहितको १५५ किलो ब्रेक प्याड (ब्रेक सु) बरामद गरेको थियो । १९ दिनसम्म अनुसन्धान गरेर यो प्रकरणमा संगठित अपराधको तत्व देखिएको भन्दै विभागले अनुसन्धानको सम्पूर्ण जिम्मेवारी सीआईबीलाई हस्तान्तरण गरेको थियो ।

 

 

 

  • साझा परिवेश
  • बिहिबार, भदौ १४, २०८० १२:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid