sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न

  • साझा परिवेश
  • शुक्रबार, भदौ १५, २०८० ११:४0
लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न
  • लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक सेयर आईपीओ बाँडफाँड
  • शुक्रबार बिहान कम्पनीको आईपीओ बाँडफाँटको काम सम्पन्न 

काठमाडौं ।।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक सेयर आईपीओ बाँडफाँड भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शुक्रबार बिहान कम्पनीको आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३ अर्ब २० करोडको ३० प्रतिशतले हुने ९६ करोड बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्कानस गर्ने सवीकृति पाएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी जम्मा मूल्य २३९ रुपैयाँ प्रतिकित्तामा साधारण सेयर निष्कास गर्न स्वीकृति पाएको हो ।

जसमध्ये ९ लाख ६० हजार कित्ता नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्विकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र कम्पनीमा कार्यरत कर्मचारीहरुलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ८० हजार कित्ता सेयर निष्काशन तथा बाँडफाँड गरिसकेको छ ।

बाँकी रहेका ७६ लाख ८० हजार कित्ता साधारण सेयरका लागि कम्पनीले ३२ साउनदेखि ४ भदौसमम्म आवेदन माग गरेको थियो । उक्त अवधिमा आवेदन दिएका आवेदकलाई शुक्रबार सेयर बाँडफाँड भएको बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङले जनाएको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, भदौ १५, २०८० ११:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid