April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

नेपालले सेमिफाइनल जित्ने सम्भावना

  • साझा परिवेश
  • आइतवार, भदौ १७, २०८० १0:३५
नेपालले सेमिफाइनल जित्ने सम्भावना
  • भुटानमाथि तीन विकेटको जितसहित सेमिफाइनल जित्ने सम्भावना
  • कविता कुँवर र रुबिना क्षेत्रीले समान १ र १ विकेट लिए
  • नेपालले सोमबार कतारसँग र बुधबार यूएईसँग खेल्ने

काठमाडौं ।।

आईसीसी वुमन्स् टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानमाथि तीन विकेटको जितसहित सेमिफाइनलको सम्भावना बलियो बनाएको छ ।नेपालले अब समूह चरणको दुई खेलमा कम्तीमा पनि एउटा जित निकाल्दा नेपाल सेमिफाइनल पुग्नेछ । भुटानले दिएको ४० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १३-२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १२ रनमा अविजित रहिन् । नेपालले ओपनर सीता राना मगर र कविता कुवँरलाई सस्तैमा गुमायो । सीताले ८ रन जोड्दा कविता डकआउट भइन्। अस्मिना कर्माचार्य, इन्दु बर्मा र सम्झना खड्का डकआउट हुँहा नेपालले सहज लक्ष्य पूरा गर्न पनि संघर्ष गर्नु गर्नु परेको हो ।

कविता जोशी ९ रनमा क्याच आउट हुँदा पूजा तीन रनमा क्याच आउट भइन् भने विन्दु रावल शून्यमा अविजित रहिन् । भुटानको लागि अन्जुली घलेले सर्वाधिक तीन विकेट लिइन् । छिरिङ जाङ्मो,सोनम र अन्जु गुरुङले एकरएक विकेट लिए ।

त्यसअघि, यूकेएम-वाईएसडी क्रिकेट ओभलमा टस हारेर ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनाएको थियो । भुटानका लागि कप्तान दिचान वाङ्मोले सर्वाधिक २१ रन बनाइन् । छिरिङ जाङ्मोले ६ रन बनाइन् ।

नेपालका लागि पुजा महतोले सर्वाधिक ३ विकेट लिइन् । कविता कुँवर र रुबिना क्षेत्रीले समान १ र १ विकेट लिए । नेपालले सोमबार कतारसँग र बुधबार यूएईसँग खेल्नेछ ।

  • साझा परिवेश
  • आइतवार, भदौ १७, २०८० १0:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट