April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी

वीर अस्पतालको छैटौं तलाबाट खसेर १ पुरुषको मृत्यु

  • साझा परिवेश
  • सोमवार, भदौ १८, २०८० १२:0५
वीर अस्पतालको छैटौं तलाबाट खसेर १ पुरुषको मृत्यु
  • वीर अस्पतालको सर्जिकल भवनको छैटौं तलाबाट खस्दा एक जना पुरुषको मृत्यु
  • अन्दाजी ३५ – ४० वर्षका ती व्यक्तिको परिचय भने खुल्न सकेको छैन
  • सीसीटीभीमा हेर्दा उनले फेटा बाँधेर अस्पतालमा छिरेको देखियो तर,
  • कताबाट छैटौं तलामा पुगे भन्ने देखिएन 

काठमाडौं।।

वीर अस्पतालको सर्जिकल भवनको छैटौं तलाबाट खस्दा एक जना पुरुषको मृत्यु भएको छ। ती पुरुष आइतबार बिहान राती अस्पतालको छैटौं तलाबाट हाम फालेर मृत्यु भएको अवस्थामा भेटिएको अस्पतालका उपसचिव सागर मिश्रले जानकारी दिए।

‘बिहान चार बजेतिर माथिबाट हाम फालेर मृत्यु भएको पाइयो,’ मिश्रले भने,‘माथि वरिपरि सबै बन्द छ, छैटौं तलाको एउटा झ्याल खुल्ला रहेछ, अरू काहीं छैन ठाउँ।’ अन्दाजी ३५ – ४० वर्षका ती व्यक्तिको परिचय भने खुल्न सकेको छैन।

अस्पतालको सर्जिकल भवनमा ती व्यक्ति राति २ : १५ बजे तिर छिरेको देखिएको अस्पताल स्रोतले बतायो। सीसीटीभीमा हेर्दा उनले फेटा बाँधेर अस्पतालमा छिरेको देखिएको छ। तर, कताबाट छैटौं तलामा पुगे भन्ने नदेखिएको बताइएको छ।

उनी आफैं हाम फालेकै हो भनेर कसरी थाहा भयो तरु भन्ने जिज्ञासामा अस्पताल स्रोतले भन्यो,‘फुत्त झरेको देखिन्छ। ब्लड लागेको ६ तलाको झ्यालमा छ।’ ति व्यक्ति अस्पतालमा भर्ना भएको बिरामी र अस्पतालमा आफन्त कुर्न पुगेका व्यक्ति भएको नदेखिएको पनि जनाइएको छ।

मृत्यु भएका व्यक्तिको शवलाई शिक्षण अस्पतालमा पठाइएको मिश्रले बताए। ‘सनाखत भएन, (प्रहरीले) मुचुल्का उठायो। मुचुल्का उठाएपछि त्यस्ता बेवारिसे शव टिचिङमा पठाइदिन्छौं। टिचिङले राख्छ,’ उनले भने।

 

 

  • साझा परिवेश
  • सोमवार, भदौ १८, २०८० १२:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट