sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

वीर अस्पतालको छैटौं तलाबाट खसेर १ पुरुषको मृत्यु

  • साझा परिवेश
  • सोमवार, भदौ १८, २०८० १२:0५
वीर अस्पतालको छैटौं तलाबाट खसेर १ पुरुषको मृत्यु
  • वीर अस्पतालको सर्जिकल भवनको छैटौं तलाबाट खस्दा एक जना पुरुषको मृत्यु
  • अन्दाजी ३५ – ४० वर्षका ती व्यक्तिको परिचय भने खुल्न सकेको छैन
  • सीसीटीभीमा हेर्दा उनले फेटा बाँधेर अस्पतालमा छिरेको देखियो तर,
  • कताबाट छैटौं तलामा पुगे भन्ने देखिएन 

काठमाडौं।।

वीर अस्पतालको सर्जिकल भवनको छैटौं तलाबाट खस्दा एक जना पुरुषको मृत्यु भएको छ। ती पुरुष आइतबार बिहान राती अस्पतालको छैटौं तलाबाट हाम फालेर मृत्यु भएको अवस्थामा भेटिएको अस्पतालका उपसचिव सागर मिश्रले जानकारी दिए।

‘बिहान चार बजेतिर माथिबाट हाम फालेर मृत्यु भएको पाइयो,’ मिश्रले भने,‘माथि वरिपरि सबै बन्द छ, छैटौं तलाको एउटा झ्याल खुल्ला रहेछ, अरू काहीं छैन ठाउँ।’ अन्दाजी ३५ – ४० वर्षका ती व्यक्तिको परिचय भने खुल्न सकेको छैन।

अस्पतालको सर्जिकल भवनमा ती व्यक्ति राति २ : १५ बजे तिर छिरेको देखिएको अस्पताल स्रोतले बतायो। सीसीटीभीमा हेर्दा उनले फेटा बाँधेर अस्पतालमा छिरेको देखिएको छ। तर, कताबाट छैटौं तलामा पुगे भन्ने नदेखिएको बताइएको छ।

उनी आफैं हाम फालेकै हो भनेर कसरी थाहा भयो तरु भन्ने जिज्ञासामा अस्पताल स्रोतले भन्यो,‘फुत्त झरेको देखिन्छ। ब्लड लागेको ६ तलाको झ्यालमा छ।’ ति व्यक्ति अस्पतालमा भर्ना भएको बिरामी र अस्पतालमा आफन्त कुर्न पुगेका व्यक्ति भएको नदेखिएको पनि जनाइएको छ।

मृत्यु भएका व्यक्तिको शवलाई शिक्षण अस्पतालमा पठाइएको मिश्रले बताए। ‘सनाखत भएन, (प्रहरीले) मुचुल्का उठायो। मुचुल्का उठाएपछि त्यस्ता बेवारिसे शव टिचिङमा पठाइदिन्छौं। टिचिङले राख्छ,’ उनले भने।

 

 

  • साझा परिवेश
  • सोमवार, भदौ १८, २०८० १२:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid