May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने वैवाहिक बलात्कारको मुद्दा लागेका रवि ओड धरौटीमा रिहा फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा

कडा कानुन ल्याएकाेमा केपी बालाई धन्यवाद : मुस्कान खातुन

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १६:५४
कडा कानुन ल्याएकाेमा केपी बालाई धन्यवाद : मुस्कान खातुन
  • तेजाब आक्रमण विरुद्धकाे जागरण दिवस
  • अस्पताल जाँदा धेरै झन्झट् भाेग्नुपरेकाे खातुनको गुनासो 
  • कानुनकाे अझै प्रभावकारी कार्यान्वयन हुनुपर्यो 

काठमाडाैं ।।

तेजाब पीडित मुस्कान खातुनले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुभएकाे छ । तेजाब आक्रमण विरुद्धकाे जागरण दिवसकाे अवसरमा एमाले केन्द्रीय कार्यालय कार्यालय च्यासलमा साेमबार आयाेजित कार्यक्रममा खातुनले तेजाब पीडितका लागि कडा कानुन ल्याएकाे भन्दै पूर्व प्रधानमन्त्री ओलीलाई धन्यवाद दिनुभयाे ।

पीडितकाे पीडा सुनेर १५ दिनभित्र कानुन ल्याउनु ठूलाे कुरा भएकाे भन्दै उहाँले याे गर्व गर्न लायक कुरा भएकाे बताउनुभयाे । ‘बालाई एकदमै धन्यवाद भन्न चाहान्छु, उहाँले हाम्राे पीडा सुनेर कानुन ल्याउनुभयाे, १५ दिनभित्रै कानुन ल्याउनु भनेकाे एकदमै ठूलाे काम हाे, एकदमै गर्व गर्न लायक काम हाे, मलाई जहाँसम्म लाग्छ नेपालमा १५ दिनभित्रै कानुन आएकाे भनेकाे सायद तेजाबसम्बन्धी कानुन पहिलाेपटक हाे’- खातुनले भन्नुभयाे ।

कानुन बनेपनि पीडितहरु औषधि लिन अस्पताल जाँदा धेरै झन्झट् भाेग्नुपरेकाे भन्दै उहाँले यसका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभयाे ।औषधि लिनका लागि अस्पताल जाँदा १० वटा प्रमाणपत्र बुझाउनुपर्ने भन्दै खातुनले यसका लागि कुनै परिचयपत्र (कार्ड) काे व्यवस्था गरिदिन आग्रह गर्नुभयाे । कतिपय ठाउँमा तेजाब पीडितलाई जागिर दिने भनेपनि नदिइएकाे पाइएकाे भन्दै उहाँले कानुनकाे अझै प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभयाे ।

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १६:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट