sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कडा कानुन ल्याएकाेमा केपी बालाई धन्यवाद : मुस्कान खातुन

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १६:५४
कडा कानुन ल्याएकाेमा केपी बालाई धन्यवाद : मुस्कान खातुन
  • तेजाब आक्रमण विरुद्धकाे जागरण दिवस
  • अस्पताल जाँदा धेरै झन्झट् भाेग्नुपरेकाे खातुनको गुनासो 
  • कानुनकाे अझै प्रभावकारी कार्यान्वयन हुनुपर्यो 

काठमाडाैं ।।

तेजाब पीडित मुस्कान खातुनले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुभएकाे छ । तेजाब आक्रमण विरुद्धकाे जागरण दिवसकाे अवसरमा एमाले केन्द्रीय कार्यालय कार्यालय च्यासलमा साेमबार आयाेजित कार्यक्रममा खातुनले तेजाब पीडितका लागि कडा कानुन ल्याएकाे भन्दै पूर्व प्रधानमन्त्री ओलीलाई धन्यवाद दिनुभयाे ।

पीडितकाे पीडा सुनेर १५ दिनभित्र कानुन ल्याउनु ठूलाे कुरा भएकाे भन्दै उहाँले याे गर्व गर्न लायक कुरा भएकाे बताउनुभयाे । ‘बालाई एकदमै धन्यवाद भन्न चाहान्छु, उहाँले हाम्राे पीडा सुनेर कानुन ल्याउनुभयाे, १५ दिनभित्रै कानुन ल्याउनु भनेकाे एकदमै ठूलाे काम हाे, एकदमै गर्व गर्न लायक काम हाे, मलाई जहाँसम्म लाग्छ नेपालमा १५ दिनभित्रै कानुन आएकाे भनेकाे सायद तेजाबसम्बन्धी कानुन पहिलाेपटक हाे’- खातुनले भन्नुभयाे ।

कानुन बनेपनि पीडितहरु औषधि लिन अस्पताल जाँदा धेरै झन्झट् भाेग्नुपरेकाे भन्दै उहाँले यसका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभयाे ।औषधि लिनका लागि अस्पताल जाँदा १० वटा प्रमाणपत्र बुझाउनुपर्ने भन्दै खातुनले यसका लागि कुनै परिचयपत्र (कार्ड) काे व्यवस्था गरिदिन आग्रह गर्नुभयाे । कतिपय ठाउँमा तेजाब पीडितलाई जागिर दिने भनेपनि नदिइएकाे पाइएकाे भन्दै उहाँले कानुनकाे अझै प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभयाे ।

  • साझा परिवेश
  • सोमवार, भदौ २५, २०८० १६:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid