May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै

नेम्वाङको पार्थिव शरीर अस्पतालबाट च्यासल ल्याउँदै

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १२:१२
नेम्वाङको पार्थिव शरीर अस्पतालबाट च्यासल ल्याउँदै
  • नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट निकालियो 
  • नेपाली सेनाको टोलीले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल ल्याउँदै

 काठमाडौं ।।

संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट निकालिएको छ । उनको पार्थिव शरीर नेपाली सेनाको टोलीले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल ल्याउँदै छ । एमाले केन्द्रीय कार्यालयमा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।

नेम्वाङको आज बिहान निधन भएको थियो । गएराति बालुवाटारस्थित निवासमा बेहोस भएका नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

आज बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णयपछि नेम्वाङको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ ।

संविधान सभा अध्यक्ष नेम्वाङका छोराहरु विदेशमा भएकाले उनीहरु फर्किएपछि अन्त्येष्टिको दिन निश्चित हुने छ । यद्यपि २८ गते मुन्धुम सँस्कृतिअनुसार अन्त्येष्टि गर्ने तयारी छ । उनको अन्त्येष्टि जहिले गरिन्छ, त्यही दिन सार्वजनिक बिदा हुने छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १२:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।