May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

पाठेघर मुखको क्यान्सरबाट जोगाउँछ खोपले

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १२:२५
पाठेघर मुखको क्यान्सरबाट जोगाउँछ खोपले

डा. विवेकुमार लाल

पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर)ले नेपाली महिलाहरूलाई पिरोलिरहेको छ। नेपाली महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा छ। सरकारले यो रोगको रोकथाम र लाग्नै नदिने कार्यलाई प्राथमिकतामा राखेको छ। किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिन लागिएको छ। यो खोप सुरक्षित छ। तोकिएको स्वास्थ्य संस्थामा गएर लक्षित किशोरीले खोप लगाउन सक्नेछन्।

यो खोपको शुभारम्भ काठमाडौंमा भदौ २७ गते बुधबार हुँदैछ। यो खोप कार्यक्रमलाई प्रदर्शन (डेमोन्सट्रेसन) का रूपमा सञ्चालन गर्न लागिएको हो। हाल यो खोप २० हजार मात्रा मात्रै उपलब्ध छ। यसपटक १० देखि १४ वर्षका किशोरीलाई ६ महिनाका फरकमा दुई मात्रा दिन लागिएको हो। भविष्यमा गाभी (ग्लोबल अलाइन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन) को सहयोगमा नियमित खोपमा समावेश गर्ने योजना छ। खोपका लागि प्रस्ताव पेस गरिसकेका छौं। यो प्रस्ताव स्वीकृतिको चरणमा छ। निकट भविष्यमै खोप ल्याउने हाम्रो दृढ संकल्प छ। आशा गरौं, सम्भवतः आगामी वर्ष यो खोप सेवा सबैमहिलाका लागि विस्तार हुनेछ।

खोपको पहिलो मात्रा किशोरीलाई दिने तयारी अन्तिम चरणमा पुगेको छ। खोप लिन आफ्नो उमेर खुल्ने प्रमाणपत्र लिएर जानुपर्छ। दोस्रो मात्रा लिन पहिलो मात्रा लिएको खोप कार्ड साथमा लिएर पहिलो मात्रा लिएको अस्पतालमै जानुपर्छ। एचपीभी खोपले एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको रियाक्सन भएमा, ज्वरो आएमा र गर्भवती अवस्थामा यो खोप लिनुहुँदैन। यो खोप सेवा सातवटै प्रदेशका अस्पतालमा उपलब्ध हुनेछ।

त्यसबाहेक ३० देखि ६४ वर्ष उमेरका महिलाले ५÷५ वर्षको अन्तरालमा पाठेघरको मुखको क्यान्सरको जाँच गर्नुपर्छ। यस प्रकारको सुविधा प्रायःजसो सबै अस्पतालमा उपलब्ध छ। यो रोगको रोकथाम र नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ।

(डा. लाल स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक हुन्।)

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १२:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।