May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

भेरीमा भेटियो औंठी र घडीसहितको शव, भदौ ११ देखि बेपत्ता छन् मेजर पण्डित

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १३:२१
भेरीमा भेटियो औंठी र घडीसहितको शव, भदौ ११ देखि बेपत्ता छन् मेजर पण्डित

डोल्पास्थित भेरी नदीमा एकजना पुरुषको शव मंगलबार भेटिएको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ स्थित भेरी नदीमा एकजना पुरुषको शव फेला परेको हो।शव भेटिएको स्थान रुकुम पश्चिमको गोतामकोट क्षेत्र र जाजरकोट आठबिसकोट नगरपालिका क्षेत्रनजिकै पर्छ। स्थानीयले शव भेटिएको उक्त स्थानलाई खदाङ भनेर चिनाउँछन्। यो डोल्पा, जाजरकोट र रुकुमको सीमाक्षेत्र हो। डोल्पा सदरमुकाम दुनैबाट करिब ३० किलोमिटर दक्षिण-पश्चिमतर्फ खदाङस्थित भेरी नदीमा पुरुषको शव भेटिएपछि सुरक्षा बल खटाइएको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले बताए।

‘शव भेटिएको कुरा आएको छ। तर अहिलेसम्म पहिचान भइसकेको छैन’, उनले भने, ‘स्थानीयले खबर गरेलगत्तै डीएसपी सा’वको नेतृत्वमा एउटा टोली गइसकेको छ। भेरीबाट निकाल्न सकियो भने पहिचान गर्न सकिएला।’
शव भेटिएको क्षेत्रमा नेपाली सेनाका दुईवटा टोली गएका छन्। भदौ ११ गतेदेखि विमल पण्डित बेपत्ता भएपछि उनका बुवा र काका अहिले डोल्पामै छन्। प्रजिअ पोखरेलले मेजर पण्डितका नाताहरु जिल्लामा आएर खोजीमा लागिरहेको बताए। उक्त शव मेजर पण्डितको हुन सक्ने आशंकामा नेपाली सेना र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको हो। भेरीको पानीमै देखिए पनि शरीरमा कपडा नभएको अवस्थामा शव छ। उक्त शवबारे स्थानीयबासीले दुनैस्थित प्रशासनलाई खबर गरेका थिए। भेरीबाट उक्त शव निकाल्न अहिले गोताखोरसहितको टोली पनि नेपाली सेना र सशस्त्र प्रहरीले लिएर गएका छन्।

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १३:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट