sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

एप्पल आइफोन १५ सार्वजनिक : यस्तो छ मूल्य र फिचर

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १0:२0
एप्पल आइफोन १५ सार्वजनिक : यस्तो छ मूल्य र फिचर

टेक जायन्ट एप्पलले बहुप्रतिक्षित आइफोन १५ सार्वजनिक गरेको छ। नेपाली समयअनुसार मंगलबार राति एप्पलले अमेरिकाको क्यालिफोर्नियामा रहेको हेडक्वार्टर एप्पल पार्कमा आइफोन १५ सार्वजनिक गरेको हो । एप्पलले आफ्नो नयाँ आईफोनमा लाइटनिङ चार्जिङ पोर्टको सट्टा सी–टाइप चार्जिङ पोर्ट भएको जनाएको छ । युरोपेली सङ्घको दबाबमा कम्पनीले यो कदम चालेको हो । साथै एप्पलले आइफोन १५ प्रो र प्रो म्यास पनि सार्वजनिक गरेको छ। जसको सुरुआती मूल्य ९९९ डलर (१ लाख ३२ हजार रुपैयाँ) तय गरिएको एप्पलले जनाएको छ।

आइफोनका यी चार मोडलसँगै एप्पलले ब्राण्ड न्यू एप्पल वाचसमेत सार्वजनिक गरेको छ। जुन ९५ प्रतिशत टाइटानियमबाट बनाइएको छ। एप्पल वाचको ब्यान्ट्री लाइफ ७२ घण्टा रहेको दाबी एप्पलको छ। साथै एप्पलले युएसबी-सीसहित नै एयरपड्स पनि ल्याएको छ।

नयाँ आईफोन अर्को सातादेखि बजारमा उपलब्ध हुनेछ । यो सन् २०१२ पछि पहिलो आईफोन हुनेछ जसमा वैकल्पिक चार्जिङ पोर्ट हुनेछ ।

कम्पनीले दिएको जानकारी अनुसार पहिलेदेखि नै एप्पलका धेरै ल्यापटप र आइप्याड मोडलमा काम गर्ने युएसबी–सी टाइप केबलले एयरपड्स प्रो र वायर्ड इयरपड हेडफोनहरूको नयाँ संस्करणहरूमा पनि काम गर्नेछ ।

नयाँ आईफोन र वाचमा थप रिसाइकल सामग्रीहरू प्रयोग गर्नेछन् । यसमा ब्याट्रीहरू पनि समावेश हुनेछन् ।

कम्पनीले आफ्नो कुनै पनि सामान तथा उत्पादनमा छालाको प्रयोग नगर्ने बताएको छ । कम्पनीले सन् २०३० सम्ममा कार्बन न्युट्रल बन्ने वाचासमेत गरेको छ ।

एप्पलका प्रमुख टिम कुकले नयाँ आईफोन १५ कम्पनीले बनाएको अहिलेसम्मकै उत्कृष्ट र शक्तिशाली आईफोन हुने बताएका छन् ।

आइफोन १५ र १५ प्लसमा थप उन्नत स्क्रिन र क्यामेरा सिस्टम हुनेछ । जबकि महँगो आईफोन १५ प्रो र प्रो म्याक्समा टाइटेनियम फ्रेम हुनेछ जसले फोनलाई थप बलियो बनाउनेछ ।

आइफोन १५ र १५ प्लस

एप्पलका अनुसार आइफोन १५ र १५ प्लस १२८ र ५१२ जीबी स्टोरेजमा पाइनेछ। दुवै फोन कालो, निलो, हरियो, गुलाबी र पहेंलो रङमा उपलब्ध हुनेछ।

आइफोन १५ डुअल सिम (न्यानो) स्मार्टफोन हो। जसको डिस्प्ले ६=१ इन्च सुपर रेटिना एक्सडीआर ओएलइडी छ। जसलाई सेरामिक सिल्ड मेरेरियलले थप सुरक्षित बनाइएको एप्पलले जनाएको छ। यो वर्ष एप्पलले आइफोन १५ मा डाइनामिक आइल्यान्ड उपलब्ध गराएको छ। गत वर्ष एप्पलले यो फिचर आइफोन १४ प्रो मोडलमा मात्रै ल्याएको थियो। आइफोन १५ र १५ प्लसको डिस्प्लेमा २००० निट्ससम्मको ब्राइटनेस र आइपी६८ रेटिङ (धुलो र पानी रेसिस्टेन्स) सुविधा रहेको एप्पलले जानकारी गराएको छ।

आइफोन १५ र १५ प्लस मोडलमा प्राइमरी क्यामरा ४८ मेगापिक्सेल छ। यी स्मार्टफोनमा १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा छ। स्मार्टफोनको अघिल्लो भागमा १२ मेगापिक्सेल ट्रु डेप्थ क्यामरा छ। यी दुवै मोडलमा एप्पलले ए१६ बायोनिक चिप प्रयोग गरेको छ। अघिल्लो वर्ष यो चिप आइफोन १४ प्रो मोडलहरुमा मात्रै उपलब्ध थियो।

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १0:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid