sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कार्यविभाजन चित्त नबुझेपछि पार्टी नै परित्याग

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १६:४७
कार्यविभाजन चित्त नबुझेपछि पार्टी नै परित्याग
  • एकीकृत समाजवादीमा कार्यविभाजनको विवाद 
  • केन्द्रीय कमिटीको कार्यविभाजनमा हेरफेर
  • कार्यविभाजनमा अध्यक्षको नै हालीमुहाली

काठमाडौं ।।

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)मा नयाँ कार्यविभाजनले विवाद निम्त्याएको छ ।  अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको ११औँ अन्तरपार्टी निर्देशन (अपानी)ले विवाद निम्त्याएको हो ।

एकीकृत समाजवादीको सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको छ ।  यस पटक संघीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इञ्चार्ज बनाउने गरी कार्यविभाजन गरिएको नेपालले जारी गरेको अपानिमा उल्लेख छ ।

कार्यविभाजनमा असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्यहरू राजु गुरुङ र सावित्री मल्लले पार्टी परित्यागको घोषणा गरेका छन् ।  दैलेख सहइन्चार्ज र क्षेत्र नम्बर १ को इन्चार्जको जिम्मेवारी पाएकी मल्लले सक्रिय राजनीतिबाट बिदा लिने निर्णयमा पुगिएको बताएकी छन् ।

“राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन तर आजका मितिदेखि नेकपा (एकीकृत समाजवादी) पार्टीको सक्रिय राजनितिबाट विश्राम लिने निर्णय गरियो,” उनले फेसबुकमा लेखेकी छन् ।  त्यस्तै लुम्बिनी प्रदेशसको सचिवको जिम्मेवारी पाएका गुरुङले पनि पार्टी परित्याग गरेको जानकारी नेताहरूलाई गराएका छन् ।

पार्टी एक नेताका अनुसार नेताहरूको कार्यविभाजनमा अध्यक्ष नेपालले एकलौटी गरेका छन् । निर्णय सच्याउन पार्टीमा नेताहरूले दबाब दिइरहेका छन् ।  “पहिले इन्चार्ज भएकाहरूलाई सहइन्चार्ज बनाइएको छ । केहीको जिम्मेवारीबाट हटाइएको छ । नयाँलाई जिम्मेवारी तोकिएको छ,” एक केन्द्रीय नेताले  भने, “एकलौटी ढंगले निर्णय गरिएकोमा असन्तुष्टि हो । निर्णय सच्याउनुपर्छ ।”

एकलौटी ढंगले निर्णय गरिएको भन्दै सम्मानित नेता झलनाथ खनाल पनि असन्तुष्ट छन् । खनालले आजै आफ्नो धारणा सार्वजनिक गर्ने तयारी रहेको उनी निकट नेताले जानकारी दिए ।

त्यस्तै, अध्यक्ष नेपालका स्वकीय सचिवसमेत रहेका नेता मोहन गौतमले नमिलेका विषय सच्याउन सकिने बताएका छन् ।उनले निर्णय सच्याउन नेतृत्वलाई आग्रह पनि गरेका छन् । चित्त नबुझेका कुरा पार्टी कमिटीमा राख्न समेत आग्रह गरेका छन् ।

“अपानि भनेको तत् समयको कामको निर्देशन र विन्यास हो, यसमा केही नमिलेका विषयहरू स्थापित विधिमार्फत नै सच्याउन पनि सकिन्छ । यस्तै मनोनयनमा पनि कमजोरी हुनसक्छन् । हामी महाधिवेशनको सम्मुख छौँ र धेरै विषय (नीति र नेतृत्वसहित)को फैसला महाधिवेशनले गर्ने नै छ,” उनले फेसबुकमा लेखेका छन्, “अतः चित्त नबुझेका विषयहरू पद्दतिसंगत रूपमा कमिटी वा पार्टीका फोरमहरूमा राखौं । महाधिवेशनबाट नयाँ ढंगले समाजवादी आन्दोलन अघि बढाउने दृढतासहित बहसको आरम्भ गरौं र सोही अनुसारको संगठन बनाऔं ।”

 

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १६:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid