November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

अरिङ्गालले चिलेर ताप्लेजुङमा ७४ वर्षीया वृद्धाकाे ज्यान गयाे

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० १६:३७
अरिङ्गालले चिलेर ताप्लेजुङमा ७४ वर्षीया वृद्धाकाे ज्यान गयाे

काठमाण्डाै – अरिङ्गालले चिलेर ताप्लेजुङमा आज साेमवार एक वृद्धाको ज्यान गएकाे छ ।

अरिङ्गालले चिलेर आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेकी ७४ वर्षीया सुनमाया तामाङको ज्यान गएकाे वडाध्यक्ष अर्जुन लिम्बुले जानकारी दिनुभयाे । शनिवार दिउँसो जङ्गलमा दाउरा खोज्न गएका बेला तामाङलाई अरिङ्गालले टाेलेकाे वडाध्यक्ष लिम्बुले बताउनुभयाे ।

अरिङ्गालले चिलेर गम्भीर घाइते हुनुभएकी वृद्धाकाे चाँगे स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि जिल्ला अस्पताल लैजाने तयारी हुँदै गर्दा उहाँकाे ज्यान गएकाे लिम्बुले बताउनुभयाे ।

केही समयअघिसम्म छ्यापछ्याप्ती देखिने अरिङ्गाल अहिले भने कम देखिन थालेकाे स्थानीयवासी बताउँछन् । घरकाे भित्ता तथा रुखहरूमा देखिने अरिङ्गालको गोलाहरू देखिन छाडेको फक्ताङलुङ गाउँपालिका–६ का राम तामाङ बताउनुहुन्छ ।

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० १६:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्