May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

राष्ट्रपतिद्वारा ‘वुमनइन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ प्रदान

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १५:४७
राष्ट्रपतिद्वारा ‘वुमनइन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ प्रदान

काठमाडौँ I राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक सङ्घले घोषणा गरेको यस वर्षको ‘वुमनइन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच जना चिकित्सकलाई प्रदान गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा डा. अर्चना अमात्य, डा. गीता शाक्य, डा मीता सिंह, डा कोकिला वैद्य र डा प्रमिला प्रधानलाई अवार्ड प्रदान गरिएको हो ।

यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घले प्रदान गर्ने लाइफ टाइम अचिभमेण्ट अवार्डबाट डा दिव्यश्वरी श्रेष्ठ, डा लता बज्राचार्य, डा शोभा अर्याल, डा कस्तुरी मल्ल र डा. गीता कार्की रानालाई सम्मान गर्नुभयो ।

उहाँहरूले नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा पु¥याउनु भएको योगदानको कदर गर्दै सङ्घले सम्मान गरेको हो ।

सो अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य र शिक्षा जस्ता संविधानले नै नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरेको विषयका आधारभूत सेवालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

मन्त्री बस्नेतले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रमा पर्याप्त दरबन्दी आवश्यक रहेको भन्दै आवश्यक स्वास्थ्य जनशक्ति तयार गर्न बेलैमा ध्यान दिनुपर्ने बताउनुभयो ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १५:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट