sweet bonanza
March 1, 2026 | आइतवार, फाल्गुन १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजदूतलाई औषधि लगिदिँदा कोरियामा रोकिए मा‌ओवादी नेता सापकोटा

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १३:२६
राजदूतलाई औषधि लगिदिँदा कोरियामा रोकिए मा‌ओवादी नेता सापकोटा

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ दक्षिण कोरियामै रोकिएका छन्।

कोरियास्थित नेपाली राजदूत डा. ज्योति प्याकुरेल (भण्डारी) ले सेवन गर्ने गरेको औषधि लिएर जाँदा सापकोटा त्यही रोकिनुपरेको हो।

सामाजिक सञ्जालमा कोरियन प्रहरीले सापकोटालाई पक्राउ गरेर हिरासतमा राखेको चर्चाबीच नेपाली राजदूतावासले मंगलबार स्पष्टीकरणसहित विज्ञप्ति निकालेको छ।

दूतावासले केही सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै राजदूत प्याकुरेलले विगत एक वर्षदेखि नियमित रुपमा औषध लिइरहेको जनाएको छ।

‘उक्त औषधि राजदूतको अनुरोध बमोजिम सापकोटाले कोरिया आउँदा ल्याउने क्रममा डाक्टरको प्रेसक्रिप्सन ल्याउन छुटेको थियो’, दूतावासले भनेको छ, ‘कोरियाका भन्सार अधिकारीहरुले प्रेसक्रिप्सनबिनाको औषधि लैजान नमिल्ने भनि सम्बन्धि कागजातहरु पेश गर्न माग गरेका सापकोटा कोरियामा रोकिनुभएको हो।’

भन्सार अधिकारीहरुको माग बमोजिमका कागजातहरु दूतावासले सम्बन्धित अधिकारीहरुलाई बुझाइसकेको पनि विज्ञप्तिमा उल्लेख छ।

गत अगस्ट १० मा कोरिया गएका दीपशिखाले प्याकुरेलका लागि औषधि लगिदिएका थिए। राजदूत प्याकुरेललाई एन्जाइटीको समस्या छ।

इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा दीपशिखाले बोकेको औषधिको प्रेस्क्रिप्सन नहुँदा त्यहाँका सुरक्षा अधिकारीले रोकेका थिए।

नेपाली दूतावासले उनलाई छुटाउन पहल गरे पनि कोरियाली कानुनअनुसार अनुसन्धान नसकिएसम्म देश नछाड्न भनिएको छ। नेपाली दूततावासले पनि उक्त कुरा स्वीकार्दै समाधान हुने अन्तिम क्रममा रहेको पनि जनाएको छ।

सापकोटा माओवादीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)का पूर्वअध्यक्ष पनि हुन्।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १३:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid