April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

स्थगित बीपी साहित्य महोत्सव आज समापन गरिंदै

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १0:४८
स्थगित बीपी साहित्य महोत्सव आज समापन गरिंदै
  • बीपी साहित्य महोत्सवको बाँकी कार्यक्रम आज पुनः सुरु हुँदै
  • यो कार्यक्रमको सहजकर्ता हरि बहादुर थापा रहने 
  • साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने

काठमाडौं ।।

नेपाली कांग्रेसले आयोजना गरेको बीपी साहित्य महोत्सवको बाँकी कार्यक्रम आज पुनः सुरु हुँदैछ । महोत्सव आजै समापन हुनेछ । बीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेसले २४ भदौदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा साहित्य महोत्सव आयोजना गरेको थियो ।

संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि २६ भदौको कार्यक्रम नेपाली कांग्रेसले स्थगित गरेको थियो । सोही स्थगित कार्यक्रम आज गर्न लागिएको हो ।

आजको कार्यक्रम बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । अघिल्ला कार्यक्रम पार्टी कार्यालयको प्राङ्गणमा भएकोमा आजको कार्यक्रम भने कार्यालय भवनको हलमा हुने छ । साँझमा हुने गरी यसअघि तय गरिएको सांगीतिक साँझ कार्यक्रम भने तालिकाबाट हटाइएको छ ।

आज के-के हुन्छ ?

आज ‘बीपीको समाजवादी परिकल्पनामा शिक्षा’ शीर्षकमा शिक्षाविद केदारभक्त माथेमाको ‘की नोट स्पीच’ हुनेछ ।यसैगरी ‘समावेशिता, सामाजिक रुपान्तरण र बिपी’ शीर्षकको छलफल कार्यक्रममा चित्र लेखा यादव, आहुति, मोहना अन्सारी सहभागी हुनेछन् । यसको सहजकर्ता हरि बहादुर थापाले गर्नेछन् ।

वक्ताहरु शिव रिजाल, तारालाल श्रेष्ठ, धनकुमारी सुनार ‘समय र सबाल्र्टन’ शीर्षकको छलफल कार्यक्रममा सहभागी हुनेछन् । ‘बिपीका आख्यानमा नारी’ शीर्षकमा वक्ताहरु नारायण चालिसे, रेणुका थापा ‘सोलु’, ज्ञानु अधिकारी र उमा सुवेदी, ‘परिवारले बुझेका बिपी’ शीर्षकमा डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला रहने छन् ।

यसैगरी कृष्ण सिटौला, दमननाथ ढुंगाना र निलाम्बर आचार्यले ‘बिपीको विचार, आजको संविधान र अबको बाटो’ शीर्षकको छलफलमा भाग लिने छन् । यसको सहजीकरण रमेश लेखकले गर्नेछन् ।

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १0:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट