May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच साइड लाइन वार्ता

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १२:४४
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच साइड लाइन वार्ता
  • प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेनसँऊ साइड लाइन वार्ता गरे
  • भेटघाटपछि प्रचण्डको सचिवालयले उनीहरुबीचको सामूहिक तस्बिर सार्वजनिक गर्यो
  • नेपालबाट फर्स्ट लेडीका रुपमा प्रचण्ड पुत्री गंगा दाहाललाई देख्न पाइयो 

काठमाडौँ ।। 

संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेनसँऊ साइड लाइन वार्ता गरेका छन्। अमेरिकाको न्युयोर्कमा भएको साइड लाइन भेटघाटपछि प्रचण्डको सचिवालयले उनीहरुबीचको सामूहिक तस्बिर सार्वजनिक गरेको छ। उक्त तस्बिरमा अमेरिकी फर्स्ट लेडीका रुपमा जिल ट्र्यासी जाकोब्स बाइडेन देखिएकी छन्। नेपालबाट फर्स्ट लेडीका रुपमा प्रचण्ड पुत्री गंगा दाहाल  तस्बिरमा देखिएकी छन्।

उक्त तस्बिरमा अमेरिकी फर्स्ट लेडीका रुपमा जिल ट्र्यासी जाकोब्स बाइडेन देखिएकी छन्। नेपालबाट फर्स्ट लेडीका रुपमा प्रचण्ड पुत्री गंगा दाहाल  तस्बिरमा देखिएकी छन्।  प्रचण्डले शुक्रबार नै राष्ट्रसंघीय महासभालाई नेपालको तर्फबाट सम्बोधन गरेका छन्। उनले सम्बोधनका क्रममा नेपालको शान्ति प्रक्रिया अब निष्कर्षमा पुग्दै गएको बताएका थिए।

प्रचण्डले राष्ट्रसंघमा अल्पविकसित मुलुकको अध्यक्षका रुपमा पनि सम्बोधन गरेका थिए। प्रचण्डले राष्ट्रसंघीय महासभामा हुँदा विभिन्न देशका समकक्षीहरुसँग पनि साइड लाइन वार्ता गरेका थिए।प्रचण्ड शुक्रबार नै अब न्युयोर्कबाट सिधै चीन भ्रमणमा जाँदैछन्। त्यहाँ उनी चार दिनसम्म रहने तालिका छन्।  प्रचण्डले चीनको हाङझाओमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेट्ने कार्यतालिका छन्। प्रचण्ड एसियाडको उद्घाटनमा पनि सहभागी हुँदैछन्।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १२:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट