May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

प्रेस काउन्सिलको पुरस्कार दल भित्रकैलाई प्राथमिकता

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १३:१८
प्रेस काउन्सिलको पुरस्कार दल भित्रकैलाई प्राथमिकता
  • वार्षिकोत्सवका अवसरमा बिहीबार विभिन्न सम्मान र पुरस्कार घोषणा
  • सूचीमा रहेका पौडेलले उक्त पुरस्कार नलिने घोषणा गरे

 काठमाडौँ ।।

प्रेस काउन्सिल नेपालले आफ्नो ५४ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार विभिन्न सम्मान र पुरस्कार घोषणा गरेको छ। काउन्सिलले विभिन्न शीर्षकमा घोषणा गरिएका अधिकांश पुरस्कारमा दलीय भागबन्डा गरिएको छ।  विभिन्न विधागत शीर्षकमा घोषित पुरस्कारका लागि नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियन, नेकपा एमालेनिकट प्रेस चौतारी नेपाल र नेकपा माओवादी केन्द्रनिकट प्रेस संगठन नेपालबीच भागबन्डा भएको हो। उक्त भागबन्डाका क्रममा पत्रकारिता छाडिसकेका दलका कार्यकर्तालाई पनि काउन्सिलले पुरस्कार घोषणा गरिसकेको छ।

लामो समय पत्रकारिता गरेर हाल नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका सुर्खेतका मोती पौडेललाई पनि काउन्सिलले सम्मानित हुने १६ जनाको सूचीमा राखेको छ।  जहाँ मुख्य तीन ठूला पार्टीको प्रचार विभाग र अन्य विभागीय नेतृत्वमा रहेका नेताहरु पनि परेका छन्। त्यही सूचीको १२ औँ नम्बरमा सम्मानित हुने सूचीमा रहेका पौडेलले उक्त पुरस्कार नलिने घोषणा गरेका हुन्।

‘प्रेस काउन्सिल नेपालले आफ्नो वार्षिकोत्सवको अवसरमा सम्मान गर्ने सूचीमा मेरो नाम पनि समावेश भएकोमा प्रेस काउन्सिल नेपाल र उक्त निर्णयमा सहभागी सम्पूर्ण महानुभावलाई हार्दिक धन्यवाद’, उनले भनेका छन्, ‘तर, म विगत लामो समयदेखि मूलधारको पत्रकारितालाई बिट मार्दै पार्टी राजनीतिमा सक्रिय रहेर हाल नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग सदस्य छु।’

त्यहीकारण उक्त सम्मान नलिने जनाएका छन्। ‘कांग्रेसको राजनीतिमा रहेको हुनाले प्रेस काउन्सिल नेपालद्वारा प्रदान गरिएको उक्त सम्मान नलिने कुरा जानकारी गराउँछु।  काउन्सिलले वितरण गर्ने घोषणा गरिएका अन्य पुरस्कारमा पनि तीन ठूला दलनिकट तीन पत्रकारका संगठनले भागबन्डा गरेका हुन्।  पत्रकारिता छाडेर कांग्रेस, एमाले र माओवादीको प्रचार विभागको नेतृत्वमै रहेर काम गरिरहेका नेताहरुलाई पनि काउन्सिलले पुरस्कृत र सम्मानित गर्ने घोषणा गरेको छ।

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १३:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट