April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

छाेरी पास गराउन उत्तरपुस्तिका साटेको आरोप लागेपछि उपप्राध्यापक निलम्बनमा, विद्यार्थीले पून परीक्षा दिनुपर्ने

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १३:५0
छाेरी पास गराउन उत्तरपुस्तिका साटेको आरोप लागेपछि उपप्राध्यापक निलम्बनमा, विद्यार्थीले पून परीक्षा दिनुपर्ने

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकले आफ्नी छोरी पास गराउन अर्की विद्यार्थीको उत्तरपुस्तिका साटेको विवाद बढेपछि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरकी विद्यार्थी संन्ध्या कायस्थले फेरी परीक्षा दिनुपर्ने भएको छ ।

आफ्नी छोरीलाई पास गराउन उपप्राध्यापकले उत्तरपुस्तिका साटेका कारण जेहनदार विद्यार्थी कायस्थ फेल भएको दाबीसहित विद्यार्थीहरुले आन्दोलन गरेका थिए । आन्दोलनपछि भएको छलफलमा पुरानै सिम्बल नम्बरमा सन्ध्याले फेरी परीक्षा लेख्ने सहमति भएको हो ।

मानविकी संकायको बिएस डब्यूको पहिलो वर्षको परीक्षामा कायस्थले दिएको अंग्रेजी परीक्षाको उत्तरपुस्तिकाको थप कपी गायब भएको थियो । रिजल्ट आउँदा फेल भएपछि उनले त्रिभुवन विश्वविद्यालयको नियम अनुसार रिटोटलिङको निवेदन दिइन् । रिटोटलिङको रिजल्ट नआएपछि उनले कपी रिचेकका लागि पनि निवेदन दिएकी थिइन् । रिचेक गर्दा उनले थप गरेको चार वटा उत्तरपुस्तिका गायब भएको थियो । मुल उत्तरपुस्तिकामा थप कपी लेखिएको स्थान च्यातिएको थियो ।

कायस्थको उत्तरपुस्तिका शंकास्पद रुपमा गायब भएपछि विद्यार्थीहरुले उपप्राध्यापक राजन दत्तमाथि शंका गरेका छन् । किनकी संन्ध्याले परीक्षा दिएको हलमा दत्तकी छोरीले पनि परीक्षा दिएकी थिइन् । छोरीले परीक्षा दिएको कक्षामा उनी गार्ड बसेका थिए । दत्तले संन्ध्याको उत्तरपुस्तिका पटक पटक हेरेका थिए ।

उत्तरपुस्तिका साटेको घटनामा दत्तको भूमिका शंकास्पद देखिएपछि उपप्राध्याक दत्तलाई त्रिभुवन विश्वविद्यालयले निलम्बन गरेको छ । उनी अनुसन्धानको क्रममा रहेको महेन्द्र मोरङ क्याम्पस प्रमुख डाक्टर बाबुराम तिम्सिनाले बताए ।

उत्तरपुस्तिका गायब भएपछि पटक पटक छलफल भएको थियो । तर विद्यार्थीले न्याय नपाएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले बुधबार परीक्षक नियन्त्रण कार्यालयको गाडी जलाएका थिए । गाडी जलाएपछि बुधबार बेलुका जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा कायस्थले पून परीक्षा दिने र त्यसको रिजल्ट तीन महिना भित्र निकाल्ने सहमति भएको थियो ।

मेरिल्याण्ड कलेजबाट १२ कक्षा उत्तीर्ण गरेकी उनी अब्बल विद्यार्थी हुन् । उनले २०७८ सालमा बिएस डब्लू प्रथम वर्षको परीक्षा दिएकी थिइन् । परीक्षा दिएको १५ महिनापछि रिजल्ट आउँदा आउँदा उनी अंग्रेजी विषयमा फेल भएकी थिइन् । अंग्रेजीमा फेल भएपनिको उनको रिजल्ट ६९.९ प्रतिशत थियो ।

७० पूर्णकको अंग्रेजीको परीक्षामा २१ मात्रै आएको थियो । उनी फेल हुँदा उपप्राध्यापककी छोरी भने पास भएकी थिइन् । क्याम्पसमा कुरा राख्दा उनलाई शिक्षकले कपी साटफेर गरेको बताएका थिए ।

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयसम्म विवाद पुगेपछि परीक्षा नियन्त्रक पुष्पराज जोशीले पुरानै सिम्बल नम्बरका पून परीक्षा दिदा मार्कसिटमा स्टार नलाग्ने आश्वासन दिएपछि गत बैशाख १९ गते परीक्षा दिन लगाएर विवाद साम्य पार्ने प्रयास गरेका थिए । त्यसको रिजल्ट दुई दिन भित्र निकाल्ने आश्वासन दिएका थिए । तर रिजल्ट ननिकालेपछि आक्रोशित भएका विद्यार्थी संगठनहरुले मंगलबार राति १ बजेसम्म महेन्द्र मोरङ क्याम्पस विराटनगरका प्रमुख डाक्टर बाबुराम तिम्सिना र सहायक परीक्षा नियन्त्रक डिल्ली प्रसाईलाई परीक्षा नियन्त्रणको शाखा कार्यालय विराटनगरमा थुनेका थिए ।

प्रहरीले राति १ बजे बल प्रयोग गरेर प्रसाई र तिम्सिनालाई थुनामुक्त गराएपछि विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयको गाडीमा आगो लगाएका थिए । बुधबार जिल्ला प्रशासन कार्यालय मोरङमा त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीको उपस्थीतिमा छलफल भएको छलफलपछि सन्ध्याले पून परीक्षा दिने र त्यसको रिजल्ट तीन महिनापछि निकाल्ने सहमति भएको हो ।

उत्तरपुस्तिका साटेको छैन् ः दत्त

​​​​​​​​​​सन्ध्या कायस्थले लेखेको उत्तरपुस्तिका आफ्नी छोरीको उत्तरपुस्तिकामा राखेको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक राजन दत्तलाई विश्वविद्यालयले अनुसन्धानका लागि निलम्बन गरेको छ ।

निलम्बनमा परेका दत्तले आफूले उत्तरपुस्तिका नसाटेको दाबी गरेका छन् । कोरोनाको सममया गार्ड बस्न बोलाएपछि आफू गएको बताउँदै उनले उत्तरपुस्तिका नसाटेको दाबी गरेका हुन् ।
छोरीले परीक्षा दिएको कक्षामा बुबा गार्ड बस्न मिल्छ भन्ने प्रश्नमा भने उनले सुरुमा आफूलाई थाहा नभएको बताए ।

‘त्यो दिन गार्ड बस्ने कुरा थिएन्,म घरमा आएको बेलामा क्याम्पस चिफले बोलाउनु भयो मान्छे पुगेन् भनेर,’उनले भने,‘कुन कोठामा हाल्छ थाहा हुदैन्, कोरोनाका बेला ७० जना माक्स लगाएका विद्यार्थी थिए, म त्यहाँ २०–२५ मिनेटपछि पुगे, त्यहाँ पुगेको २० मिनेपछि छोरी त्यहाँ छ भनेर थाहा पाएपछि साथीहरुलाई भने, निस्कीएर जादा परीक्षा सञ्चालन गर्न गाह्रो हुन्छ भनेपछि मर्यादित रुपमा परीक्षा गरायौं, मर्यादित परीक्षा गराउदा पनि यस्तो आरोप लाग्यो ।’

नगरेको काममा आफूमाथि आरोप लागेको उनले बताए । ‘म अहिले अन्डर इन्भेष्टिकेशनमा छु, दोषी करार भए भने मलाई लगोस, जेल हालोस्, अदालत छ कानुनी प्रशासन छ, टियु छ, अख्तीयार पनि छ,’ उनले भने,‘ दोषी छु भने मलाई कारवाही गरोस्, तर त्यसअघि मलाई दोषी बनाइदिने त ?’

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १३:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट