काठमाडौँ ।।
सरकारले ल्याएको विद्यालय ऐनको विरुद्धमा तीन दिनदेखि आन्दोलनरत शिक्षकहरूसँग सरकारले आज पनि वार्ता गर्ने भएको छ।सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रबार दिउँसो सवा तीन बजेपछि दुई पक्षबीच वार्ता हुन लागेको हो। आजको वार्तामा शिक्षकहरूले उठाएका मागहरूका विषयमा सरकारले आधिकारिक धारणा राख्नेछ। यस्तै, आन्दोलनरत शिक्षक महासंघले पनि उठाउँदै आएका मागमा लचिलो हुन सक्ने नसक्ने प्रष्ट पार्नेछन्। बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई लगायत उपस्थित हुनेछन्।