May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

नेपालसँगको सम्बन्धमा चिनियाँ प्रधानमन्त्री खुशी

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १२:४५
नेपालसँगको सम्बन्धमा चिनियाँ प्रधानमन्त्री खुशी
  • चीन-नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपियो 
  • विस्तार र सुदृढीकरण गर्न थप सहयोग पुग्ने 

काठमाडौँ।।

चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन-नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको बताएका छन्।  चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि दिएको छोटो स्वागत मन्तव्यमा लि छ्याङले यस्तो बताएका हुन्।

प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणले द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे। चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको भेटमा भएका कुराकानीबाट दुई देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद् रहेको उनको भनाई थियो।

उनले प्रधानमन्त्री दाहालले चीन-नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पुर्याएको पनि बताए। प्रधानमन्त्री छ्याङले नेपालको सदियौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेकोमा जोड दिए।  हाल बेइजिङस्थित ग्रेट हल अफ दि पिपस कंग्रेसमा द्विपक्षीय भेटवार्ता जारी छ।

 

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १२:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट