sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लगातार कुटपिटका कारण स्वास्थ्य र गृह मन्त्रीको राजीनामा माग्दै स्वास्थ्यकर्मी

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १६:२९
लगातार कुटपिटका कारण स्वास्थ्य र गृह मन्त्रीको राजीनामा माग्दै स्वास्थ्यकर्मी
  • ‘गृह मन्त्री राजीनामा दे’,
  • ‘स्वास्थ्य मन्त्री राजीनामा दे’
  • दोषीमाथि राजनीतिक संरक्षण बन्द गर
  • ‘स्वास्थ्यकर्मी कुट्न पाइँदैन’,

काठमाडौं ।।

‘गृह मन्त्री राजीनामा दे’, ‘स्वास्थ्य मन्त्री राजीनामा दे’ ‘दोषीमाथि राजनीतिक संरक्षण बन्द गर’, ‘स्वास्थ्य क्षेत्रमा राजनीति बन्द गर’, ‘विदेश पलायन हुन बाध्य नपार’, ‘हजुरको आसु हामीले हर्ने हो हाम्रो आसु कसले हेर्ने हो’, ‘तपाईंलाई विदेशी महंगा अस्पताल होला आम जनतालाई हामी नै हो’, ‘स्वास्थ्यकर्मी कुट्न पाइँदैन’,  ‘कामेको हातले उपचार सम्भव छैन’, ‘सेतो कोट रातो भए समाज नै कालो हुन्छ ।’ यी नारा कुनै कलेजका विद्यार्थीले लगाएका होइनन् । यी त आफ्नो सुरक्षाको माग गर्दै सडकमा निस्किएका चिकित्सकले माइतीघरमा उभिएर लगाएका नारा हुन् ।

अस्पतालमा पुगेर बिरामी परीक्षण गर्नुपर्ने समयमा चिकित्सकहरु बुधबार पनि सडकमा उत्रिएर यसैगरी नारा लगाए । माइतीघरमा नारा लगाएर उनीहरु नेपाल मेडिकल एशोसियसनका कार्यालयमा ताला लगाउन जाने कार्यक्रम उनीहरुले तय गरेका थिए । तर वार्ताको आश्वासन पाएपछि उनीहरु पछि हटे । आफुहरुमाथि पटक पटक आक्रमण हुँदा पनि सरकारले सुरक्षा प्रदान गर्न नसकेको भन्दै उनीहरुले गृह मन्त्री र स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै सडकमा उत्रिनुपरेको बताएका छन् ।

उनीहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्ब कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् । आफ्नो ज्ञान विवेक प्रयोग गरेको उपचार गर्दा पनि चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएकाले बाध्य भएर उपचार सेवा छाडेर आन्दोलनमा आउनुपरेको उनीहरुको भनाइ छ । “हामीले चाँडोभन्दा चाँडो सरकारले वार्तामा बोलाओस् भन्ने चाहन्छौँ,” राष्ट्रिय आवासीय चिकित्सक संघका अध्यक्ष डा. सन्दीप उखडले भने ।

सरकारले वार्ताको तयारी गरेकाले पनि आफूहरु तालाबन्दीमा नपुगेको एक चिकित्सकले बताएका छन् । “अहिले चिकित्सकले पिटाइ खाएर उपचार गर्नुपरेको छ । न्यायको लागि हामी सडकमा उत्रिएका हौँ,” उनले भने, “ चिकित्सक कुट्दैमा समस्याको समाधान हुँदैन । लापरवाही भएको रहेछ भने कारवाही गर्ने निकाय नै छन् । हामी चिकित्सकले ज्ञान र सिप प्रयोग गर्ने हो । लापरवाहीको अर्थ के हो ?” आन्दोलनमा उत्रिएका चिकित्सकहरुले आफूहरुलाई कुटेर पैसाको बार्गेनिङ गर्ने समूह बढेकाले अहिले समस्या भएको बताए ।

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १६:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid