May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

डाक्टरहरुको प्रदर्शन जारी

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १४:३0
डाक्टरहरुको प्रदर्शन जारी
  • चिकित्सकहरुले काठमाडौंमा बिहीबार पनि प्रदर्शन जारी
  • निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिन ठूलो संख्यामा प्रहरी परिचालन
  • प्रदर्शन शान्तिपूर्ण रहेको भन्दै अगाडि बढ्न दिन माग गरे
  • सडकमै विरोध प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित

काठमाडौं ।।

कार्यस्थलमा सुरक्षाको माग गर्दै चिकित्सकहरुले काठमाडौंमा बिहीबार पनि प्रदर्शन जारी गरेका छन् । उनीहरुले नयाँबानेश्वर–माइतीघर सडकखण्डमा प्रदर्शन गरेका हुन् । बबरमहल तर्फबाट आएको चिकित्सकहरुको भीड नयाँबानेश्वर चोकतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

चिकित्सकहरुले भने आफूहरुको प्रदर्शन शान्तिपूर्ण रहेको भन्दै अगाडि बढ्न दिन माग गरेका थिए । तर प्रहरीले निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिने भन्दै उनीहरुलाई रोक्यो । त्यसक्रममा चिकित्सकहरुले ‘प्रहरी दमन बन्द गर’ भन्दै नारा लगाएका थिए । अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकहले केही दिनयता काठमाडौंमा विरोध प्रदर्शन गर्दै आएका छन् । बीच सडकमै विरोध प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित हुने गरेको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १४:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट