May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने

पशुपति जलहरी प्रकरणको मुद्दा दर्ता गरिँदै

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १५:0९
पशुपति जलहरी प्रकरणको मुद्दा दर्ता गरिँदै
  • सुनको जलहरी प्रकरणको अनुसन्धान हुँदै 
  • अख्तियारले भ्रष्टाचार उद्योगमा मुद्दा दर्ता गर्दै 
  • जलहरी राख्दा असल मनसायले काम नभएको खुलाशा  

काठमाडौ ।।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखेको सुनको जलहरी प्रकरणको अनुसन्धान सकेको छ । अनुसन्धानका क्रममा मन्दिरमा सुनको जलहरी राख्दा अनियमितता गर्न खोजेको निष्कर्ष आयोगले निकालेको स्रोतको दाबी छ ।सो अनियमितता प्रकरणबारे अर्को साता अदालतमा मुद्दा दायर गर्ने तयारी अख्तियारले गरेको छ । अख्तियारले भ्रष्टाचार उद्योगमा मुद्दा दर्ता गर्न लागेको हो ।

अख्तियार स्रोतले भन्यो, “जलहरी राख्दा असल मनसायले काम भएको छैन । सुरुमा अनियमितता पनि भएको छ । पछि विवाद हुँदा सुन थप्ने काम भएको देखिन्छ ।” अख्तियारको अनुसन्धानले मुख्यतय मन्दिरमा सुनको जलहरी राख्दा मुचुल्काअनुसार जडान नगरिएकालाई पहिलो अनियमितताको आधार मानेको छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा पशुपति विकास कोषले पशुपति मन्दिरमा चाँदीको जलहरीको साटो सुनको जलहरी राख्ने निर्णय गरेको थियो । सुरुमा एक सय किलो राख्ने निर्णय गरेपनि पछि त्यसलाई बढाएर १०८ किलो सुन राख्ने निर्णय भएको थियो । २०७७ फागुन १२ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिमा क्षमापूजा गर्दा १०८ किलोको जलहरी राखेको घोषणा गरेकी थिइन् ।

विकास कोषले १०३ किलो ७७३ ग्राम सुन किनेको हिसाब किताव छ । त्यसमा दुई किलो ८९० ग्राम तामा, एक किलो २४९ ग्राम पित्तल, १२ ग्राम जिंकसमेत गरी १०७ किलो ९२४ ग्राम सुन कायम भएको विकास कोषको भनाइ छ । तर, जलहरी बनाएर तयार पारिएको मुचुल्कामा ९६ किलो ८२२ ग्राम सुन खपत भएको उल्लेख छ । सो विषयमा महालेखा परीक्षकको कार्यालयले समेत प्रश्न उठाएको थियो । सोही प्रकरण पछि कोषकै केही पदाधिकारीले अख्तियारमा उजुरी दिएका थिए ।

कोषले जलहरी बाहेक सुनको पेटी बनाएको दाबी गरेको थियो । २०८० असार १० मा अख्तियारको टोलीले मन्दिरबाट जलहरी निकालेर सुन जोखेको थियो । सो विषयमा अख्तियारको कार्यालय औपचारिक रूपमा बोलेको छैन । कोषका अनुसार त्यो बेला जलहरी र पेटी जोख्दा १०७ किलो ४६८ ग्राम सुनको तौल पुगेको थियो । त्यसमध्ये करिब ९ किलो सुनको पेटी थियो । सुनको जलहरी राख्दा पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्षमा हालका सदस्य सचिव मिलन थापा र सदस्य सचिवमा प्रदिप ढकाल थिए ।

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १५:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।