April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

काठमाडौं मेडिकल कलेजका डाक्टरलाई बिरामीद्वारा नै हातपात

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १४:३९
काठमाडौं मेडिकल कलेजका डाक्टरलाई बिरामीद्वारा नै हातपात
  • काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात
  • ओपीडी मै आएका बिरामीले कुटपिट गरे
  • अस्पताल अगाडि सडकमा बसेर डाक्टरहरु धर्ना गर्दै 

 काठमाडौं ।।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको छ । आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण भएको अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा (ओपीडी) मा आएका बिरामीले कुटपिट गरेका हुन् ।

‘बिरामीले एक विशेषज्ञको नाम लिएर देखाउन आउनुभएको रहेछ । तर, ती विशेषज्ञ क्लासमा हुुनुहुँदो रहेछ । इन्टर्न डाक्टरले हल्ला नगर्नुहोस्, उहाँ क्लास लिन जानुभएको छ । एकछिन समय लाग्छ भनेपछि कुटपिट भएको रहेछ’, दाहालले भने । उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले रुपक गौतम सरोज गौतमलाई पक्राउ गरेको छ ।अहिले अस्तपालका चिकित्सक, स्वास्थ्यकर्मी अस्पताल अगाडि सडकमा बसेर धर्ना दिइरहेका छन् ।

 

 

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १४:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट