May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने वैवाहिक बलात्कारको मुद्दा लागेका रवि ओड धरौटीमा रिहा फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

अपराधी छुटाएको भन्दै रास्वपाको टोली पुग्यो राष्ट्रपति भेट्न

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १२:२२
अपराधी छुटाएको भन्दै रास्वपाको टोली पुग्यो राष्ट्रपति भेट्न
  •  गुन्डा नाइकेलाई माफी दिइएको विरोध गर्दै रास्वपा
  • ध्यानाकर्षण गराउन उनीहरु राष्ट्रपति कार्यालय पुगे रवि 
  • जन्मकैदको सजाय काटिरहेका व्यक्तिलाई उन्मुक्ति दिएकोमा असन्तुष्टि

काठमाडौँ ।।

कर्तव्य ज्यानसम्बन्धी घटनामा दोषी ठहर भएर सर्वस्वसहित जेल सजाय भोगिरहेका नेपालगञ्जका गुन्डा नाइके योग ढकाल (रिगल) लाई गत असोज ३ गते परेको संविधान दिवसको अवसरमा माफी दिइएको विरोधमा ध्यानाकर्षण पत्र लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको टोली शीतल निवास पुगेको छ। नेपालगञ्जकै चेतन मानन्धरलाई दिनदहाडै खुँडा हानेर हत्या गरेपछि जिल्ला अदालत बाँकेको आदेशमा सर्वस्वससहित जेल सजाय पाएका ढकाललाई राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा बाँकी सजाय माफी मिनाहासहित रिहा गर्न निर्देशन दिएका थिए।

उक्त प्रकरणमा राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरू सोमबार राष्ट्रपति कार्यालय पुगेका हुन्।  दिनदहाडै मानन्धरको हत्या गरेको कसुरमा जन्मकैदको सजाय काटिरहेका व्यक्तिलाई उन्मुक्ति दिएको विषयमा ध्यानाकर्षण गराउन उनीहरु राष्ट्रपति कार्यालय पुगेका हुन्।

शीतल निवसामा सभापति लामिछानेसहित महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य प्रतिभा रावललसहितका नेताहरू पुगेका हुन्। व्यक्ति हत्याजस्तो गम्भीर प्रकृतिको सजाय काटिरहेका व्यक्तिलाई संविधान दिवसमा उन्मुक्ति दिने परिपार्टी अन्त्यका लागि रास्वपाले संसद्मा संकल्प प्रस्ताव पनि दर्ता गर्ने भएको छ। मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका ‘रिगल’ भनिने योगराजलाई संविधान दिवसमा राष्ट्रपति पौडेलले माफी दिएका थिए । ढकाललाई माफी सिफारिसका लागि नेपाली कांग्रेसका नेताहरुले कारागार व्यवस्था विभागमा समेत दबाब दिएका थिए।

 

 

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १२:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट