sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रास्वपाको यो मुलुकप्रति कुनै दर्शन, योजना, भिजन, नीति र कुनै योजना नै छैन : पृथ्वीसुब्बा गुरुङ

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १६:५0
रास्वपाको यो मुलुकप्रति कुनै दर्शन, योजना, भिजन, नीति र कुनै योजना नै छैन : पृथ्वीसुब्बा गुरुङ
  • पृथ्वीसुब्बा गुरुङले लोकप्रियतावादले देशको विकास हुन नसक्ने बताए
  •  जसको मुलुकप्रति कुनै दर्शन छैन, कुनै योजना छैन, कुनै भिजन छैन, कुनै नीति छैन
  • नीतिबिनाको पार्टीले देशको विकास गर्न नसक्ने र त्यो केवल चटक मात्रै हुने

पोखरा ।।

नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रियतावादले देशको विकास हुन नसक्ने बताएका छन् । नेकपा एमाले प्रथम गण्डकी अधिवेशनमा उनले लोकप्रियतावादमा टेकेर राष्ट्रिय स्वतन्त्रता पार्टीले युवाहरुमा भ्रम छरिरहेको आरोप लगाए । ‘अहिले धेरै राजनीतिमा भ्रम सिर्जना भइराखेका छन् । हाम्रा बाबुनानीहरु फेसबुक हेर्छन्, टिकटक हेर्छन् र भ्रममा पर्छन्,’ गुरुङले भने, ‘राजनीतिमा एउटा कुनचाहिँ चटकेवालहरु चलिराखेका छन्, जसको मुलुकप्रति कुनै दर्शन छैन, कुनै योजना छैन, कुनै भिजन छैन, कुनै नीति छैन ।’

नीतिबिनाको पार्टीले देशको विकास गर्न नसक्ने र त्यो केवल चटक मात्रै हुने गुरुङको धारणा छ । ‘दुनियाँमा यस्ता रमिते र चटकेहरु धेरै देखेका छौं । त्यस्ता चटकेहरु हामीले भारतमै देखेका छौं, अमेरिकामा देखेका छौं, रुसमा देखेका छौं, अस्ट्रेलियामा देखेका छौं’, उनले भने, ‘तर, लोकप्रियतावादले भिजनबिनाको, नीतिबिनाको, योजनाबिनाको पार्टीले मुलुकलाई अगाडि हाँक्न सक्दैन ।’

गुरुङले अगाडि भने, ‘यो मुलुकमा राष्ट्रिय स्वतन्त्र पार्टी नामको पार्टी छ, जसको कुनै भिजन छैन, कुनै योजना छैन, कुनै नीति छैन त्यसैले युवाहरुलाई दिग्भ्रमित भइराखेका छन् । यो दिग्भ्रमबाट मुक्त हुनुहोस् ।’ उपमहासचिव गुरुङले गणतन्त्रमा सुधार गर्नुपर्ने धेरै भए पनि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए ।  ‘संघीय लोकतान्त्रिक गणतन्त्रमा सुधार गर्नुपर्ने धेरै होलान् । तर, यसलाई मन परेन भनेर राजतन्त्रको विकल्प हुन सक्दैन’, गण्डकीका पूर्वमुख्यमन्त्रीसमेत रहेका गुरुङले भने ।

 

 

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १६:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid