sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

उडुसले आतंक मच्चाएपछी मार्नलाई सार्वजनिक घोषणा

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १६:१६
उडुसले आतंक मच्चाएपछी मार्नलाई सार्वजनिक घोषणा
  • अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय
  • फ्रान्स सरकारले गत हप्ता एक अनौठो घोषणा गर्‍यो
  • पेरिस ओलम्पिकअघि फ्रान्समा उडुस आतंक

काठमाडौं ।।

सन् २०२४ को ओलम्पिक आयोजना अधिकार पाएको फ्रान्स अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ । तर, यो चर्चाले फ्रान्सको ओलम्पिक आयोजनासँग भने कुनै सम्बन्ध राख्दैन । फ्रान्स सरकारले गत हप्ता एक अनौठो घोषणा गर्‍यो । अनौठो यस अर्थमा, त्यस्तो घोषणा विश्वका अन्य देशहरूबाट विरलै सुन्न पाइन्छ । फ्रान्स सरकारले उडुसविरुद्ध संगठित रूपमा लड्ने घोषणा गरेपछि हो, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यो सम्पन्न युरोपेली मुलुक चर्चाको विषय बनेको ।  सामान्यतया, ओछ्यानको कुना–काप्चामा बस्ने उडुसले अहिले फ्रान्समा आतंक नै मच्चाइरहेको छ । सार्वजनिक यातायात, अस्पताल, सिनेमाघर र केही विमानस्थलमा पनि उडुसले उत्पात मच्चाउन थालेको छ ।

उडुसले उत्पात मच्चाउन थालेपछि फ्रान्स सरकारले यसविरुद्ध लड्ने ठोस प्रयासका लागि सार्वजनिक घोषणा नै गर्नुपरेको हो ।  मानव शरीरबाट रगत चुस्ने यो परजीवी अहिले पेरिस मेट्रो, उच्च गतिका ट्रेनहरू र पेरिसको चाल्र्स डे गुएल विमानस्थलमा छ्याप्तछ्याप्ती देखिन्छन् । यात्री तथा पर्यटकहरूले सामाजिक सञ्जालमा हालेको यसको भिडियो सामाजिक सञ्जालभरी छन् । “फ्रान्सले सन् २०२४ को ओलम्पिक र पारालम्पिक आयोजनाको तयारीलाई तीव्र बनाइरहँदा राज्यले यस (उडुस) विरुद्ध तत्कालै योजना कार्यान्वयन गर्न आवश्यक छ,” फ्रान्सको राजधानीका उपमेयर इमानुयल ग्रेगोइरले प्रधानमन्त्री इलिजाबेथ बोर्नेलाई लेखेको पत्रमा उल्लेख छ ।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १६:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid