May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक बढ्यो सुनको मूल्य

राजनीति गर्ने माओवादीसँग वार्ता गरेर अर्थ छैन : डा. भट्टराई

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १५:२२
राजनीति गर्ने माओवादीसँग वार्ता गरेर अर्थ छैन : डा. भट्टराई
  • तत्कालका लागि माओवादी केन्द्रसँग वार्ताको औचित्य नरहेको
  • अंकगणित मिलाएर सत्तामा टाँसिइरहने प्रवृत्ति देखाइरहेको आरोप 
  • त्यो महत्वपूर्ण नौ-बुँदे प्रस्तावमाथि छलफल नै गर्न नचाहेको
  • माओवादी केन्द्र दाउपेचको राजनीति गरिरहेको डा. भट्टराईको आरोप

काठमाडौं ।।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालका लागि माओवादी केन्द्रसँग वार्ताको औचित्य नरहेको बताएका छन् ।बुधबार सकिएको पार्टीको कार्यकारिणी समितिको निर्णय सार्वजनिक गर्न बिहीबार एक विज्ञप्ति जारी गर्दै भट्टराईले माओवादी केन्द्र संसदीय अंकगणित मिलाएर सत्तामा टाँसिइरहने प्रवृत्ति देखाइरहेको आरोप लगाएका छन् ।

‘माओवादी केन्द्रको नेतृत्वले त्यो महत्वपूर्ण नौ-बुँदे प्रस्तावमाथि छलफल नै गर्न नचाहेको र सिद्धान्तनिष्ठ नयाँ समाजवादी केन्द्रको निर्माणमा भन्दा तत्काल संसदीय अंक गणित मिलाएर सत्तामा टाँसिरहने प्रवृति देखाइरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

माओवादी केन्द्र दाउपेचको राजनीति गरिरहेको डा. भट्टराईको आरोप छ । माओवादी केन्द्रसँग नयाँ आधारमा नयाँ समाजवादी केन्द्र निर्माणका निम्ति वार्ता प्रक्रिया सुरु गर्दै समाजवादी पार्टीले नयाँ युगको नयाँ सम्मुनत समाजवादी पार्टीको विचार, नीति, कार्यक्रम, संगठनात्मक सिद्धान्त, कार्यशैलीसहितको नौ–बुँदे पार्टी एकताको आधार प्रस्तुत गरेको डा. भट्टराईले स्मरण गरेका छन् ।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १५:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।