March 26, 2023 | आइतवार, चैत्र १२, २०७९
सुचनाहरु
प्राधिकरणको कारबाही : तीन एटीसी निलम्बित खानेपानीको ट्याङ्कीमा शव फेला रास्वपालाई ३, कांग्रेसलाई ८ मन्त्रालय– भोलिसम्म पूर्णता दिने उपराष्ट्रपति भएपछि रामसहाय यादव पहिलो पटक गृह जिल्लामा (तस्बिरहरू) नयाँ खिम्ती–बाह्रबिसे प्रसारणलाइन निर्माणमा प्राधिकरणको ताकेता रुसले बेलारुसमा रणनीतिक हतियार परिचालन गर्ने माओवादीका मन्त्रीले दिए राजीनामा, कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जनाको हस्ताक्षर राजनीतिक अस्थिरताकै कारण व्यवसायी संकटमा साबिककै मन्त्रालयहरू पाएमात्रै सरकारमा जाने रास्वपाको अडान देशलाई अनुशासित र स्वच्छ प्रहरी आवश्यक छः गृहसचिव सिंह ट्युनिसिया डुङ्गा दुर्घटना हुँदा ९ आप्रवासीको मृत्यु, ६७ जना बेपत्ता प्रहरीको व्यावसायिक सक्षमतालाई अभिवृद्धि गरिने सञ्चार मिडियाले समाजको परिवर्तनमा निर्वाह गरेको भूमिका अतुलनीय छ : मुख्यमन्त्री शर्मा जगदम्बा जीतपुरसिमरा गोल्डकप : मकवानपुर सेमीफाइनलमा प्रवेश विभिन्न दलका प्रतिनिधिहरुसँग सभामुखको छलफल जारी नेपाल प्रहरीका आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न उपेन्द्र यादव भन्छन्- बारामा उपनिर्वाचन लड्नुपर्ने जोड छ, मैले निर्णय गरिसकेको छैन अहिलेको सरकार विदेशी हस्तक्षेपबाट बनेको एमाले उपाध्यक्ष पौडेलको दावी आफ्नै छिमेकीको घरमा आगो लगाएर तीन जना भागे उपेन्द्र र महन्थ भेटवार्ता : होला त पार्टी एकीकरण ?

लागुऔषध सेवन गरी सवारी चलाउने एक अमेरिकन सहित ७ चालक पक्राउ

  • साझा परिवेश
  • आइतवार, माघ १, २०७९ 0८:२७
लागुऔषध सेवन गरी सवारी चलाउने एक अमेरिकन सहित ७ चालक पक्राउ

भक्तपुरको जगातीमा गरिएको चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने एक जना अमेरिकन नागरीक सहित ७ जना चालकलाई शनिबार‍ ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी वृत्त जगातीको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाईरहेको अवस्थामा ७ जना चालकलाई आज भक्तपुरको जगातीबाट फेला पारेको हो ।

बा ६९ प ५६ २७ नम्बरको मोटरसाइकल चालक अमेरिकन नागरिक टास्कम होपकोन, बा ९५ प ६२ ५१ नम्बरको मोटरसाकल चालक भक्तपुरको जगातीका अशोक गुरुङ, बा ८१ प ४२ ६३ नम्बरको मोटरसाइकल चालक काभ्रेपलाञ्चोकको बनेपाका आकाश तामाङ पक्राउ परेका हुन् ।

त्यस्तै, बागमती प्रदेश ०२ ०३० प ८४ ६८ नम्बरका मोटरसाइकल चालक कोटेश्वरका देबेन्द्र घिमिरे, बा ८८ प २८ ५७ नम्बरका मोटरसाइकल चालक बानेश्वरका जोतलाल तामाङ, बागमती प्रदेश ०२ ०२२ च ४९ ६९ नम्बरको जीप चालक सिन्धुपाल्चोकका एबेन्द्र कार्की र ईम्बोस्ड BAB १९ ६४ नम्बरको कार चालक थानकोटका पवन राना मगर पनि लागुऔषध सेवन गरी सवारी साधन चलाईरहेको अवस्थामा पक्राउ परेका हुन् ।

  • साझा परिवेश
  • आइतवार, माघ १, २०७९ 0८:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट