May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

प्रदीप यादवले भने– पूर्वराजा ज्ञानेन्द्रको गतिविधि निगरानी होस्

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १६:५२
प्रदीप यादवले भने– पूर्वराजा ज्ञानेन्द्रको गतिविधि निगरानी होस्

काठमाडौँ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले मधेशमा पछिल्लो समययता धाार्मिक सद्भाव बिथोल्न भइरहेका गतिविधिप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै यादवले धार्मिक तनाव बढाउनुको पछाडि पूर्वराजा ज्ञानेन्द्र शाहको हात रहेको आशंका रहेको बताए । ‘अहिले आफूलाई राजावादी भन्नेहरू हौसिएका छन् । किन ? । कतै आगो लगाएर न्यानो ताप्ने योजना त छैन ?,’ उनले प्रश्न गरे ।

यादवले पूर्वराजा ज्ञानेन्द्र शाहको लोकतन्त्र विरोधी गतिविधिको निगरानी गर्न सरकारसँग गरे । ‘अहिले मधेशमा एउटा कुनै शक्तिले षड्यन्त्रको तानाबाना बुनेर धार्मिक तनाव गराउने खेल खेलिरहेको छ,’ उनले भने । मधेशको राजनीतिक शक्ति भनेकै हिन्दू र मुस्लिमबीचको साझा एकता रहेको भन्दै यादवले तर अहिले धार्मिक द्वन्द्व फैलाएर मधेशी जनताबीचको एकतालाई तोडने षड्यन्त्र भइरहेको बताए ।

उनले धार्मिक द्वन्द्व चर्काउने, हिंसाका लागि उक्साउने, सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिने महन्थ वा मौलवी जोसुकै भए पनि उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे ।

समाजमा द्वन्द्ध र हिंसा फैलाउन उक्साउने व्यक्ति वा समूहको फेसबुक र टिकटक आईडी सरकारलले तुरुन्त बन्द गर्नुपर्नेमा जोड दिए । ‘सोसल मिडियामा उत्तेजक सामग्री राख्ने , पुराना भिडियोलाई तोडडमोड गरी ताजा घटनाका रूपमा प्रस्तुत गर्ने, अर्काको धर्म वा धर्मावलम्बीलाई अपमान गर्ने, गाली गलौज गर्ने, हिंसा फैलाउन झूटा, मनगढंत कुरा राख्नेहरूको तुरन्त पहिचान गरी दण्डित गर्नुपर्छ । उनिहरूको फेसबुक र टिकटक आईडी सरकारले तुरून्तै बन्द गर्नुपर्छ,’ उनले भने ।

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १६:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।