काठमाडौ ।।
नेपाल राष्ट्र बैंकले व्यक्तिगत हायर पर्चेज कर्जालाई खुकुलाे बनाएकाे छ । राष्ट्र बैंकले २५ लाखभन्दा माथिकाे व्यक्तिगत हायर पर्चेज कर्जामा जोखिम भार घटाएकाे हाे । यस्तो कर्जामा यसअघि १५० प्रतिशत रहेकाे जाेखिम भार रहेकोमा घटाएर १२५ प्रतिशतमा झारेकाे छ । राष्ट्र बैंकले २५ लाखसम्मकाे हायर पर्चेज कर्जामा यसअघि नै जाेखिम भार घटाएर १०० प्रतिशतमा झारिसकेकाे छ ।