May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

अर्थमन्त्री बैठकको लागि मोरक्को प्रस्थान 

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १३:0२
अर्थमन्त्री बैठकको लागि मोरक्को प्रस्थान 
  • अर्थमन्त्री विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन मोरक्कोको माराकेश प्रस्थान 
  • समावेशी आर्थिक वृद्धि र रोजगारी सृजनालगायत विश्वव्यापी चासोका विषयहरूमा छलफल हुने
  • जोखिम तत्वको विषयमा छलफल, बिल एण्ड मेण्डिला गेट्स फाउण्डेसनसँग सार्वजनिक

काठमाडौं ।।

अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन मोरक्कोको माराकेश प्रस्थान गरेका छन् । ९ अक्टोबरदेखि १५ अक्टोबरसम्म हुने बैंकको बैठकको मूल नारा ‘ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट’ भन्ने रहेको छ । बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सृजनालगायत विश्वव्यापी चासोका विषयहरूमा छलफल हुने भएको छ ।

विश्व बैंकको मूल कार्यक्रमसँगै अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का एसिया प्यासिफिक हेर्ने उपाध्यक्ष रिकार्डो पुलितीसँग अर्थमन्त्री महतले नेपालमा निजी लगानीको सम्भाव्यता विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरी यूएसएआईडीसँग नेपाल र अमेरिकाबीचको विकास साझेदारीका विषयमा छलफल हुने बताइएको छ ।

सहुलियतपूर्ण वित्तीय व्यवस्थामा पहुँच सम्बन्धी जोखिम तत्वको विषयमा छलफल, बिल एण्ड मेण्डिला गेट्स फाउण्डेसनसँग सार्वजनिक डिजिटल पूर्वाधारका माध्यमबाट समावेशी एवम् चुनौतीसँग जुध्न सक्षम आर्थिक विकासका सम्बन्धमा छलफल, दक्षिण कोरियाका उपप्रधानमन्त्रीसँग साइडलाइन वार्ता गर्ने अर्थमन्त्री महतको कार्यसूची रहेको छ । त्यसैगरी अर्थमन्त्री महतले स्ट्यान्डर्ड एण्ड चार्टर्ड बैंक एवम् क्रेडिट रेटिङ सम्बद्ध संस्था फ्लिच रेटिङका प्रतिनिधीसँग नेपालको रेटिङ सम्बन्धमा साइडलाइन वार्ता गर्ने अर्थमन्त्री महतको सचिवालयले जनाएको छ ।

 

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १३:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्