sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपालगन्जमा निषेधाज्ञा घट्यो, राति कर्फ्यु जारी

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १४:२७
नेपालगन्जमा निषेधाज्ञा घट्यो, राति कर्फ्यु जारी

नेपालगन्ज, असोज २२ गते । नेपालगन्जको अवस्था पहिलेजस्तै सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले दिउँसो लगाउँदै आएको निषेधाज्ञाको समय पनि घटाइएको छ ।

नगरको अवस्था सामान्य भएपछि नेपालगन्ज उपमहानगरपालिकामा दिउँसोको समयमा जारी गरिएको निषेधाज्ञा र राति लगाइएको कर्फ्यु दिन प्रतिदिन खुकुलो बनाउँदै लगिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा सोमवार जारी गरिएको सूचनामा बिहानबाटै लगाउँदै आएको निषेधाज्ञा ८ घण्टा घटाएर सोमवारदेखि दिउँसो १२ बजेदेखि राति १० बजेसम्म मात्र जारी रहने जनाइएको छ । राति १० बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु यथावत् रहने सो सूचनामा जनाइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नगरको अवस्था सामान्य बन्दै गएपछि दिनको कर्फ्यु हटाएर निषेधाज्ञा जारी राखिएको बताउनुभयो । तर सोमवारबाट दिउँसोको निषेधाज्ञा पनि ८ घण्टा घटाइएको उहाँको भनाइ छ ।

उहाँले निषेधाज्ञाका कारण विभिन्न कार्यक्रम प्रभावित भइरहेकाले क्रमशः निषेधाज्ञा घटाउँदै लगेर समाप्त गरिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी आचार्यले हाललाई राति १० बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु यथावत् राखिएको जनाउँदै सो पनि केही दिनपछि हटाइने बताउनुभयो ।

सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण परिस्थिति असहज बनेपछि गत मंगलबार दिउँसो १ बजेदेखि नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो । जनजीवन सामान्य बन्दै गएपछि निषेधाज्ञा र कर्फ्युको समयावधि भने छोट्याउँदै लगिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा जारी गरिएको सूचना सोमवार दिउँसो १२ बजेदेखि राति १० बजेसम्म कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइनेगरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी रहेको जनाइएको छ ।

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १४:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid