May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

प्यालेस्टायन-इजरायल तनाव अझ उग्र हुनसक्छ : वर्षमान पुन

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १३:0९
प्यालेस्टायन-इजरायल तनाव अझ उग्र हुनसक्छ : वर्षमान पुन
  • प्यालेस्टायन-इजरायल तनाव बढ्नसक्ने
  • यो तनाव विस्तार पनि हुनसक्छ 
  • यसमा सरकार र परराष्ट्र मन्त्रालय अन्त्यन्त संयमित हुनुपर्छ
  • आधिकारिक धारणा आउनुपर्छ

काठमाडौंं ।।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्यालेस्टायन-इजरायल तनाव बढ्नसक्ने भएकाले सरकार सतर्क हुनुपर्ने बताएका छन् ।संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबार बसेको बैठकमा माओवादी सांसद पुनले त्यहाँको अवस्था अहिले पनि असाध्यै तरल रहेको बताए । यो तनाव विस्तार पनि हुनसक्ने भन्दै उनले भने, ‘छिमेकी देशहरुसँग पनि सम्बन्ध बनाइराख्नुपर्छ, आवश्यक पर्दा सबैलाई उद्धार गर्न सक्ने भएर बस्नुपर्छ ।’

कोरोना महामारीको समयमा समयमा पूर्वतयारी नगर्दा अप्ठ्यारो भएको घटनाबारे पाठ सिकेर सरकारले वैकल्पिक योजनाहरुमा काम गरिराख्नुपर्ने सांसद पुनले बताए । उनले परराष्ट्र मन्त्रालय मन्त्रालयलाई नियमित प्रेस ब्रिफिङ गरेर नियमित जानकारी गराउनसमेत आग्रह गरे । ‘अप्ठ्यारो अवस्थामा सबैले राज्यको अभिभावकीय भूमिका आवश्यक पर्छ, यसमा सरकार र परराष्ट्र मन्त्रालय अन्त्यन्त संयमित हुनुपर्छ’ उनले भने, ‘मन्त्री सचिवज्यू वा प्रवक्ता को देखिने हो, देखिरहनु पर्छ । राज्य देखिनुपर्छ, आधिकारिक धारणा आउनुपर्छ ।’

 

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १३:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्