May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गलत प्रचारले अर्थतन्त्र बिग्रियो खत्तमै नै भयो भन्ने हल्ला : उद्योगमन्त्री रिजाल

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १२:२६
गलत प्रचारले अर्थतन्त्र बिग्रियो खत्तमै नै भयो भन्ने हल्ला : उद्योगमन्त्री रिजाल
  • अर्थतन्त्रमा समस्या छ भनेर नकारात्मक प्रचार भयो 
  • समस्या नभएको र जबरजस्ती गलत भाष्य सिर्जना गरिएको 
  • अर्थतन्त्र बिग्रियो खत्तमै भयो भन्ने भाष्य गलत 
  • ब्याजदर कम गर्न सरकारले पहल गर्नुपर्ने 

काठमाडौं ।।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्रमा समस्या छ भनेर नकारात्मक प्रचार गरिएको बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रमा हल्ला गरिए जस्तो समस्या नभएको र जबरजस्ती गलत भाष्य सिर्जना गरिएको बताए ।

अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने भन्दै उनले एकले अर्कालाई दोष दिएर समस्या समाधान नहुने बताए । ‘अर्थतन्त्र बिग्रियो खत्तमै भयो भन्ने भाष्य गलत छ,’ मन्त्री रिजालले थपे,’ सबै पक्ष मिलेर अघि जाने हो । एक अर्कोलाई दोष थोपरेर हिंड्नु गलत छ ।’मन्त्री रिजालले ब्याजदर कम गर्न सरकारले पहल गर्नुपर्ने पनि बताए।

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १२:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट