काठमाडौं ।।
इजरायलको विदेश मन्त्रालयका उच्च अधिकारीहरूले परराष्ट्रमन्त्री एनपी साउदसँग विमानस्थलमै भेटवार्ता गर्ने भएका छन् । नेपाली विद्यार्थीहरूलाई उद्धार गरी ल्याउन परराष्ट्रमन्त्री बिहीबार बिहान इजरायलतर्फ गएका हुन् । परराष्ट्रमन्त्रीका प्रमुख स्वकिय सचिव दिपक जोशीका अनुसार इजरायलको तेल अभिवस्थित विमानस्थलमा इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल र इजरायलको विदेश मन्त्रालयका उच्च अधिकारीले भेटवार्ता गर्नेछन् ।
नेपाली विद्यार्थीलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको जहाज स्थानीय समयअनुसार ११ः१० बजे इजरायलमा अवतरण गर्नेछ । जहाज दुई घण्टा इजरायलको विमानस्थलमा रहनेछ । त्यसपछि स्थानीय समयअनुसार दिउँसो १ः१० बजे नेपाली विद्यार्थी लिएर जहाज नेपाल आउनेछ । आज राति सवा ९ बजे जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ ।