April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ?

परीक्षामा फेल र निर्वाचनमा सहयोग गर्ने व्यक्तिलाई न्यायाधीश नियुक्ति गरेको भन्दै ओलीको आपत्ति

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १५:५७
परीक्षामा फेल र निर्वाचनमा सहयोग गर्ने व्यक्तिलाई न्यायाधीश नियुक्ति गरेको भन्दै ओलीको आपत्ति

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार इतिहासकै असफल सरकार भएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धनको सरकार लोकतन्त्र र संविधान कार्यान्वयनका निम्ति गम्भीर संकट भएको र इतिहासकै असफल सरकार भएको बताएका हुन्।

वर्तमान सरकारले आफ्नो स्वार्थका लागि पटक-पटक संविधान मिच्ने काम गरेको उनले आरोप लगाए। ओलीले सरकारले संसदलाई समेत आफ्नो स्वार्थमा चलाउन खोजिरहेको तर्क गरे। उनले संविधान दिवसका अपराधिलाई आममाफी दिएकोप्रति पनि आपत्ति जनाए। सरकारले राष्ट्रपतिलाई सेरेमोनियल नभई खोपीको देउता बनाएको र आदेश पालना गर्ने परिपालक राष्ट्रपति बनाएको धारणा राखे।

अध्यक्ष ओलीले सरकारको सुशासन अभियान तस्कर र हत्यारा संरक्षणमा केन्द्रित रहेको जिकिर गरे। उनले निकै चर्कोसँग खोलिएको ललिता निवासको फाइल बन्द गर्न सरकारलाई पसिना आएको टिप्पणी गरे। सुन काण्डले पनि सरकारलाई हैरान पारेको भन्दै उनले प्रतिपक्षीलाई तर्साउनका लागि विभिन्न प्रकरण ल्याएको बताए। सम्बोधनका क्रममा ओलीले आफू प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियालाई टुंगो लगाउन खोज्दा माओवादीले नै रोकेको आरोप लगाए।

हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाउन मन्जुर नरहेको भन्दै उनले अगामी मन्त्रिपरिषद्को बैठकले यसलाई फिर्ता लिन माग गरे। ओलीले न्यायालयमाथि पनि गठबन्धनले हस्तक्षेप गरेको जिकिर गरे। ओलीले जिल्ला न्यायाधीशको परीक्षामा फेल भएका र निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने व्यक्तिलाई न्यायाधीश नियुक्त गरेको भन्दै सरकारबाट आशा गर्न लायक ठाउँ नै नरहेको बताए। ओलीले मुलुक अफ्ठ्यारो अवस्थामा रहेका बेला प्रधानमन्त्रीले अनावश्यकरूपमा भ्रमण लम्बाएको बताए।

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १५:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।