May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

कोसी सरकारबारे निर्णय गर्न राप्रपाको पदाधिकारी बैठक जारी

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १0:५६
कोसी सरकारबारे निर्णय गर्न राप्रपाको पदाधिकारी बैठक जारी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक जारी छ। कोशी प्रदेशमा नयाँ विकसित राजनीतिक परिस्थितिबारे समीक्षासहित आवश्यक निर्णय लिन राप्रपाको पदाधिकारीको बैठक बसेको हो।

पार्टीको मुख्यालय धुम्वाराहीमा बसिरहेको बैठकमा कोसीको मुख्यमन्त्रीमा कसलाई साथ दिने/नदिनेबारे निर्णय हुने जनाइएको छ। साथै बैठकमा मुलुकको समग्र राजनीतिक अवस्थाबारे पनि छलफल हुने प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

कोसीमा नयाँ सरकार गठनका लागि शुक्रबार साँझ बजेसम्मका लागि प्रदेश प्रमुखले समय दिएका छन्। प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले बिहीबार दाबी पेस गरेका छन्।

कोसीको ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीका लागि दाबी गर्न ४७ प्रदेशसभा सदस्य चाहिन्छ। कार्कीको समर्थनमा एमालेका ३९ र कांग्रेसका ९ जना गरेर ४८ जना प्रदेशसभा सदस्य देखिएका छन्। संविधान र सर्वोच्चको फैसला अनुसार कार्की मुख्यमन्त्री बन्ने देखिन्छ।

कोसीमा राप्रपाका ६ सांसद छन्। नेपाली कांग्रेसहित गठबन्धनबाट नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका ४७ सांसद छन्।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १0:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।