April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

उच्च विन्दुमा नेप्से

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० १६:0७
उच्च विन्दुमा नेप्से

काठमाडौं ।।

सेयर बजार परिसूचक नेप्सेमा लगातार ९ दिनसम्म वृद्धि हुँदा ४ महिना यताकै उच्च विन्दुमा पुगेको छ ।साताको पहिलो कारोबार दिन नेप्से ५२.२६ अंकले वृद्धि हुँदा २०९४.३३ को विन्दुमा बन्द भएको छ ।

  • नेप्सेमा वृद्धि
  • कारोबार रकम 

१५ जेठमा आएको बजेटपछि पूँजीगत लाभकरको विषयले प्रभावित बनेको बजार परिसूचक नेप्से २३ जेठयताको लगातार ९ कारोबार दिनमा वृद्धि हुँदा २ फागुन २०७९ यातकै उच्च विन्दुमा पुगेर बन्द भएको छ । पछिल्लो ९ कारोबार दिनमा लगातार वृद्धि हुँदा नेप्से १९२.३४ अंकले वृद्धि भइसकेको छ।

नेप्सेमा वृद्धि

नेप्सेसँगै पछिल्ला दिनमा कारोबार रकम पनि बढ्दै गएको छ । १ अर्ब पनि कारोबार नभइरहेको बजारमा पछिल्लो केही दिन यता लगातार बढेर गत बुधबार ५ अर्ब माथिको कारोबार भएको थियो । आइतबार पनि करिब ५ अर्ब नजिकको कारोबार भएको छ । आइतबार नेप्सेमा ७० हजार ६४७ वटा कारोबारमा १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ४ अर्ब ८६ करोड ९२ लाखको कारोबार भएको छ ।

कारोबार रकम 

आइतबार नेप्सेमा बैंकिङ बाहेकका सबै उपसूचकमा वृद्धि हुँदा नेप्से २.५६ प्रतिशतले बढेको हो । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा ०.२९ प्रतिशतको गिरावटका बाबजुत पनि नेप्से साढे २ प्रतिशत भन्दा माथिले बढेको हो । आइतबार नेप्सेमा जीवन बीमा उपसूचक ६.३८ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक ६.१५ प्रतिशत र अन्य उपसूचक ६ प्रतिशतले बढेको छ ।

नेप्सेमा कारोबार रकम बढ्दै जाँदा शिवम् सिमेन्टको सर्वाधिक ३६ करोड ६५ लाखको सेयर कारोबार भएको छ । यस्तै आईएमई जनरल इन्स्योरेन्सको करिब १६ करोड ९४ लाखको कारोबार हुँदा सोल्टी होटलको १६ करोड ६६ लाखको कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल २२२ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १९० कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै २८ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ४ कम्पनीको स्थिर छ । जसमध्ये नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ग्रिन भेञ्चर लिमिटेड, सुपर माइ हाइड्रोपावर आत्मनिर्भर लघुवित्त र मेच्छियाम हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै सिटी होटलको सेयरमूल्य ९.९६ प्रतिशत र महुली लघुवित्तको सेयरमूल्य ९.९५ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

शुभम् पावर कम्पनीको सेयरमूल्य भने ५.५८ प्रतिशत र अभियान लघुवित्तको सेयरमूल्य ४.०१ प्रतिशतले गिरावट हुँदा सिटिजन्स म्युचुअल फण्ड १ को इकाइमूल्य ५.३१ प्रतिशतले गिरावट भएको छ ।

 

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० १६:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।