May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

पोल्याण्डमा नयाँ राहदानीका लागि २४९ जनाको आवेदन

  • साझा परिवेश
  • शनिबार, अशोज २७, २०८० १९:१0
पोल्याण्डमा नयाँ राहदानीका लागि २४९ जनाको आवेदन

लण्डन, असोज २७ गते । बर्लिनस्थित नेपाली दूतावासले पोल्याण्डको वार्सामा विद्युतीय राहदानीको फारम र बायोमेट्रिक सङ्कलनका लागि तीन दिने घुम्ती सेवा सम्पन्न गरेको छ ।

पोल्याण्डको वार्सास्थित अवैतनिक वाणिज्य दूतावासको सहकार्यमा सम्पन्न भएको घुम्ती सेवामा २४९ जनाले नयाँ राहदानीका लागि आवेदन दिएको वार्सास्थित अवैतनिक वाणिज्य दूतावासका वाणिज्यदूत डा. बोधराज सुवेदीलेले जानकारी दिनु भयो ।

बर्लिस्थित नेपाली दूतावासले पोल्याण्डसहित रोमानिया, चेक रिपब्लिक र हंगेरीमा यस्ता दिँदै आएको छ । नेपाली दूतावास नभएको कारणले त्यहाँ रहेका नेपालीहरू राहदानी साथै अन्य कागजपत्रका लागि बर्लिनस्थित नेपाली दूतावास जानुपर्ने समस्यालाई घुम्ती सेवाले सहज बनाएको छ । घुम्ती सेवाका लागि जर्मन दूतावासबाट श्रीमती नानु थापाकासाथै गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोल्याण्डका पदाधिकारीले सहयोग गरेका थिए ।

यसैगरी लण्डनस्थित नेपाली राजदूतावासले सेप्टेम्बरको अन्त्यमा माल्टामा घुम्ती शिविर सञ्चालन गरेको थियो । दूतावासका द्वितीय सचिव रामबाबु नेपालसहितको टोलीले ७५० जनाको नयाँ विद्युतीय राहदानीको आवेदन सङ्कलन गर्नुका साथै अन्य कन्सुलरसम्बन्धी कार्य गरेको थियो ।

  • साझा परिवेश
  • शनिबार, अशोज २७, २०८० १९:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।